भेटियो खजानाः १० वर्षपछि सुल्झियो १० लाख डलरको रहस्य
काठमाडौं। विश्वभरी कलाकृति र बहुमूल्य वस्तुहरुको खाजी गर्ने ट्रेजर हंटरको करोडौंको खजाना एक दशकपछि भेटिएको छ । यो खजाना रकी माउन्टेन्समा भेटिएको हो । यो खजाना ट्रजर हंटर फरेस्ट फेनले लुकाएका थिए । फेनका अनुसार यो खजाना पूर्वतर्फबाट आएका एक व्यत्तिःले खाजेर उनलाई जानकारी दिएका हुन् । उनले फेनलाई खजानाको तस्वीर पठाएका थिए ।
८९ वर्षका फरेस्ट फेनले १० वर्ष पहिले तामाको एउटा भाँडोमा सुन, गहना र बहुमूल्य वस्तुहरु राखेर रकी माउन्टेनमा लुकाएका थिए । फरेस्ट फेनलाई अहिले एक व्यक्तिले खजानाको तस्वीर पठाएका हुन् । फेनका अनुसार खजाना खोजी गर्ने व्यक्तिले आफ्नो नाम सार्वजनिक गर्न चाहेका छैनन् । त्यो भाँडोमा १ मिलियन अमेरिकी डलर (करिब १२ करोड रुपैयाँ) खजाना खोज्नको लागि फरेस्ट फेनले २४ लाइनको कविता लेखेका थिए । कवितामा यो खजाना खोज्नको लागि संकेत दिइएको थियो ।
A treasure hunter has found a bronze chest filled with gold and jewels that was hidden a decade ago somewhere in the Rocky Mountain wilderness. The art collector who created the mystery says the winner sent him a photo of the prize as proof. https://t.co/2aQa2Uh86H
— AP West Region (@APWestRegion) June 7, 2020
यो कविता उनको आफ्नो अटोबायोग्राफी ‘द प्रिल अफ द चेस’मा थियो । कवितालाई उनले हालै अनलाइनमा पोस्ट गरेका थिए । अमेरिकी रकी माउन्टेनमा हजारौंले खजाना खोज्ने कोसिस गरेका थिए तर असफल भए । तर, अहिले जसन व्यक्तिले खजाना खोजे उनलाई पूरै कविता याद थियो । उनले हरेक शब्द र संकेतहरुलाई बुझिरहेका थिए । फरेस्ट फेनका अनुसार यो खजाना खोज्ने प्रयासमा ४ जनाको ज्यान पनि गइसकेको छ । तर, उनीहरुले खजाना खोज्न सकेनन् ।
यो तामाको बाकमा सुनको पाउडर, सिक्का, सुनको हथौडा, प्रिहिस्टोरिक ऐना, प्रि कोलम्बियन एनिमल फिर्ग आदि छन् । बाकसभित्र बहुमूल्य पत्थर र रत्न पनि छन् । यसभित्र हीरा, पन्ना मणिक आदि पनि छन् । फरेस्टका अनुसार तामाको बाकस ९ किलोको छ र त्यसभित्रको खजाना १० किलोको छ । खजानासहित पूरा बाकसको तौल १९ किलो छ ।
खजाना खोज्ने व्यक्तिका विषयमा कुरा गर्दै फरेटले ती व्यक्तिको लागि आफूलाई खुसी पनि भएको र खजाना गुमाउनुको दुख पनि भएको बताएका छन् । फरेस्टका अनुसार जुन व्यक्तिले खजाना खोजेका हुन् उनी कविताका प्रेमी त छन् नै उनी संकेत बुझ्न पनि सिपालु छन् । यही कारण उनले खजाना खोज्न सफल भए । फरेस्टले ती व्यक्तिलाई सफलताको लागि बधाइ दिएका छन् ।
Facebook Comment