जब कालो भएकै कारण कानुनले मृत्युदण्ड दियो, अमेरिकाले मारेका अर्का जर्जको कारूणिक कथा

डिसी नेपाल
२७ जेठ २०७७ १३:०२

काठमाडौं। अमेरिकामा अहिले अश्वेत जर्ज फ्लोएडको मृत्यु भएपछि विश्वभरी रंगभेदविरुद्ध आवाज उठाइँदैछ । विरोध प्रदर्शन भइरहेका छन् । केही स्थानहरुमा हिंस्रक झडप पनि भएका छन् । अमेरिकामा ७६ वर्षअघि पनि यस्तै काला जातिका अर्का जर्जको मृत्यु कानुनकै हातबाट भएको थियो । उनलाई मृत्युदण्डको सजाय दिइएको थियो, त्यो पनि केवल शंकाको आधारमा । ती जर्जमाथि दुई बालिकाको हत्याको आरोप लागेको थियो र उनलाई सजाय सुनाउने न्यायाधीशहरु गोरा थिए ।

यो घटना सन् १९४४ को हो । त्यतिबेला अमेरिकामा २ जना दिदीबहिनीको हत्या भयो । पुलिसले हत्याको अभियोगमा १४ वर्षका जर्ज स्टिनी जुनियरलाई पक्राउ गरेको थियो । दुई बालिकाहरुको हत्या साउथ क्यारोलिनाको अल्कोलू इलाकामा भएको थियो । मारिएक बालिकाहरु ७ वर्ष र ११ वर्षका थिए । उनीहरुको हत्याको अभियोगमा सजाय पाउने जर्ज स्टिनीलाई अमेरिकाको इतिहासमै सबैभन्दा कम उमेरका अपराधी ठहर गरिएको थियो । उनलाई मृत्युदण्डको सजाय दिइएको थियो । जर्जलाई इलेक्ट्रिक कुर्सीमा बसालेर बिजुलीको झट्का दिएर मृत्युदण्ड दिइएको थियो ।

२४ र २५ मार्च १९४४ को रात दुई बालिकाहरु ११ वर्षकी जून बिनिकर र ७ वर्षकी मेरी एमा थेम्स आफ्नो घरबाट हराएका थिए । केही घण्टापछि उनीहरु दुवैको लाश भेटियो । साउथ क्यारोलिना पुलिसले जर्ज स्टिनीलाई शंकास्पद व्यक्तिको रुपमा पक्राउ गरेको थियो । पछि पुलिसले भनेको थियो कि जर्जले आफ्नो अपराध पुलिस कस्टडीको क्रममा स्वीकार गरे । अदालतमा सुनुवाइको क्रममा कुनै दस्तावेज तयार गरिएका थिएनन् । कुनै ट्रान्सक्रिप्ट रेकर्ड गरिएको थिएन । अदालतले फर्स्ट डिग्री हत्याको मुद्दा चलायो । ज्यूरीले १० मिनेटमा मृत्युदण्डको सजाय सुनाइदिए ।

भनिन्छ, ज्यूरीमा सबैजना गोरा थिए । त्यसैले रंगभेदका कारण जर्जलाई यति छिटो सजाय सुनाइयो । सजाय सुनाइएपछि जर्ज स्टिनीलाई इलेक्ट्रिक कुर्सीमा बसालेर करेन्ट लगाएर मारियो । ७० वर्षपछि २०१३ मा जर्ज स्टिनीका परिवारको आग्रहपछि अमेरिकाका प्रख्यात वकिलहरुको समूहले केसलाई फेरि खुलाए । फेरि केस लडियो । १७ डिसेम्बर २०१४ मा अदालतले फैसला सुनायो कि जर्जलाई दिइएको सजाय सही थिएन ।

अदालतले त्यतिबेला अमेरिकी कानुनको छैटौं अमेडमेन्ट तोडेको फैसला गरेको थियो । अपराधीलाई आफ्नो पक्ष बलियोसँग राख्ने अधिकार नदिइएको ठहर गर्दै अदालतले भनेको थियो – जर्ज स्टिनीलाई आफ्नो पक्ष बलियोसँग राख्न दिइएन । जर्जले अपराध गरेका पनि हुन क्थे तर पुलिस र अदालतको कारवाहीमा भारी गल्तीहरु थिए । न्यायाधीश मुलेनले जर्जलाई जसरी सजाय दिइयो त्यो क्रुर र अप्रासंगिक जायको तरिका थियो भनेका छन् ।
२०१४ मा अदालतले भनेको थियो कि जर्जलाई तथाकथित अपराध स्वीकार गरेको भन्ने आधारमा सजाय सुनाइएको थियो । जबकि जर्जले कुनै पनि किसिमको कन्फेन स्टेटमेन्टमा हस्ताक्षर गरेका थिएनन् । १९४४ मा जर्जले अदालतमा गुनासो पनि गरेका थिए कि पुलिसकर्मीहरुले उनलाई खाना दिँदैनथे । पुलिसले जर्जलाई अपराध स्वीकार गरे मात्र खाना दिने भन्दै अमानवीय यातना दिएका थिए । जर्ज स्टिनीलाई फैसला सुनाइनुभन्दा पहिले ८१ दिनसम्म जेलमा बस्नु परेको थियो । त्यसपछि उनलाई मृत्युदण्ड दिइएको थियो ।

जर्जलाई अल्कोलुभन्दा ८० किलोमिटर टाढा कोलम्बियाको जेलमा राखिएको थियो ताकि कसैले उनीमाथि हमला नगरुन् । तर, मुद्दा यो थियो कि उनलाई उनको परिवारसँग भेट्न दिइएको थिएन । जब अदालतमा सुनुवाइ हुन्थ्यो त्यतिबेला अदालतमा जर्जबाहेक कोही पनि अश्वेत हुँदैनथे । अदालतमा हजारभन्दा बढी गोराहरु हुन्थे । त्यतिबेला कालाहरु अदालतमा आउन पाउँदैनथे ।

जुन दिन जर्जलाई मृत्युदण्ड दिइयो त्यस दिन उनका पितालाई एक पटक उनीसँग भेट्न अनुमति दिइयो । जर्जसँग कुनै अन्तिम इच्छा भए बताउन भनेर सोधिँदा उनले केही पनि भनेनन् । उनी पूरै समय रुँदै रहेका थिए । उनको हातमा बाइबल थियो । पछि उनको हातबाट बाइबल लिएर उनलाई इलेक्ट्रिक कुर्सीमा बाँधियो । उनको टाउकोमा इलेक्ट्रिक चेयरहो हेल्मेट लगाइयो । मुख बाँधियो । त्यसपछि उनको अनुहारलाई ढाकियो । त्यसपछि तीब्र विद्युतीय झट्का दिइयो । भनिन्छ, बिजुलीको झट्काको कारण जर्जको पूरै अनुहार फुटेको थियो । उनको एउटा आँखा बाहिर आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *