टेस्ट सिरीजको लागि वेस्टईन्डिज क्रिकेट टिम ईङल्यान्ड पुग्यो

डिसी नेपाल
२७ जेठ २०७७ १६:०३

काठमाडौं । वेस्टईन्डिज क्रिकेट टोली ३ टेस्ट सिरिजको लागि आज ईङल्यान्ड पुगेको छ । ईङल्यान्ड जानु अघि टोलीका प्रत्येक सदस्यहरुलाई कोभिड–१९ परिक्षण गर्दा सबैको रिर्पोट पोजेटिभ आएको थियो । सोमबार वेस्टईन्डिजको बिभिन्न ठाउहरु बाट खेलाडीहरुलाई प्लेन मार्फत ल्याईएको थियो र आज बिशेष विमान मार्फत खेलाडीहरु ईङल्यान्डको म्यान्चेस्टर पुगेका छन ।

ईङल्यान्डमा अवतरण भएपछि पुन खेलाडीहरुको कोरोना परिक्षण गरिएको थियो । ओल्फ ट्रेर्फड पुगेपछि टोलीका सम्पूर्ण सदस्यहरु क्वारेन्टाईनमा बस्नेछ । यो संगै टिमको सात हप्ताको ईङल्यान्ड भ्रमण सुरु हुनेछ, जाहा खेलाडी तथा टोलीका अन्य सदस्यहरु सुरक्षित वाताबरणमा बस्नुपर्नेछ । साथै खेलाडीहरुले सरकारको नियमहरु पनि पालना गर्नुपर्नेछ ।
https://www.facebook.com/windiescricket/posts/3453421731337741

सिरीजका ३ टेस्ट खेलहरु २१ दिन भित्रमा खालि स्टेडियममा खेलिनेछ । पहिलो टेस्ट जुलाई ८ देखी साउथ टेम्पटनमा हुनेछ । दोस्रो १६ देखी २० जुलाई र तेस्रो २४ देखी २८ जुलाई सम्म ओल्ड ट्रेर्फडमा खेलिनेछ । स्टेडियममै तथा नजिकै होटलहरु भएका कारण यि स्थानहरुमा प्रतियोगिता खेलाउने निर्णय गरिएको हो ।

वेस्टईन्डिजको पूर्व निर्धारित कार्यक्रम अनुसार टिमले मे र जुनमा नै ईङल्यान्ड भ्रमण गर्ने तालिका तय भएको थियो तर कोरोनाभाइरसको कारण भ्रमण स्थगित भएको हो । कप्तान जेसन होल्डरले भने, “हामी टेस्ट सिरीजको लागि ईङल्यान्ड भ्रमणमा जादैछौ र यो बिशेषगरी क्रिकेटको लागि अहम कदम हो ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *