गण्डकीमा थप २ जनामा कोरोना संक्रमण

डिसी नेपाल
२८ जेठ २०७७ १२:०९

काठमाडौँ । गण्डकी प्रदेशको नवलपरासी जिल्लामा आज थप २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

नवलपरासीको गैंडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बस्दै आएका बर्ष २३ र २६ का २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमितलाई नवलपरासीको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ।

यससँगगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । संक्रमितमध्ये सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य कर्मीको निगरानीमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *