गोदावरीमा मासु व्यवसायीको विभत्स लाश, दुवै खुट्टा बाँधिएका, छेउमा मासु काट्ने चक्कु
काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत पर्ने टौखेलमा एक मासु व्यवसायीको शव विभत्स अवस्थामा फेला परेको छ । गोदावरीमा बस्दै आएका ३८ वर्षका मासु व्यवसायी अमित शाहीको शव यस्तो अवस्थामा भेटिएको हो । राति साढे १ बजे शव फेला परेको जानकारी आएपछि घटनास्थल पुगेको प्रहरीले शवको छेउमा मासु काट्न प्रयोग हुने चक्कु पनि बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार मृतकको शरीरमा धारिलो हतियारले प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। शाहीको कुहिनादेखि हत्केलाको बीच दुवै हातमा काटिएको छ। त्यस्तै घाँटीमा समेत रेटिएको छ । शवको दुवै खुट्टा बाँधिएका थिए । शाही ललितपुरमा मासु पसल गर्दै आएका थिए। उनी बस्ने घरकै करेसाबारीमा शव भेटिएको हो ।
प्रतिक्रिया
Facebook Comment