क्रिस गेलले समीको समर्थनमा भने : हकको युद्ध कुनै पनि समय सुरु हुन सक्छ

काठमाडौं । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडको पुलिस हिरासतमा मृत्यु भएपछि क्रिकेटमा पनि जातिय भेदभाव बिरुद्ध आवाज उठ्न थालेको छ । जातिय भेदभावको कारण अहिले आईपीएल पनि बिबादमा मुछिन थालेको छ । वेस्टईन्डिजका पूर्व कप्तान डैरेन सामिले आईपीएलमा जातिय भेदभाव हुने गरेको खुलासा गरेका छन । सामिले आईपीएल टोली सनराइजर्स हैदराबादबाट खेल्ने क्रममा आफु र श्रीलंकन खेलाडी थिसारा परेराले जातिय टिप्पणीको सामना गरेको बताएका छन ।
समीको सर्मथनमा क्रिस गलेलले भने, “सहीको लागि युद्ध कुनै पनि समयमा सुरु गर्न सकिन्छ।” गेलले ट्वीट गरे, “हकको लागि लडाई कुनै पनि समय सुरू गर्न सकिन्छ। ढिलाइ जस्तो केहि छैन। समी, तिमीले पछिल्ला केही वर्षहरूमा धेरै अनुभव प्राप्त गरेको हुनुपर्दछ। मैले पहिले भनेजस्तै यो खेलमा मलाई पहिले पनि यस्तै भएको थियो।”
It’s never too late to fight for the right cause or what you’ve experienced over the years! So much more to your story, @darensammy88. Like I said, it’s in the game!! ✊?✊?✊? https://t.co/w7btmQ3cYf
— Chris Gayle (@henrygayle) June 9, 2020
ड्वेन ब्राभोले इन्स्टाग्राम च्याटमा भने, “हामीलाई राम्ररी थााह छ कि कालो व्यक्तिहरूले इतिहासमा धेरै कुराहरु सहन गरेका छन्। हामीले बदला लिन्छौ भनेका छैनौं। हामी केवल समानता र सम्मान चाहन्छौं। हामी सबैलाई सम्मान गर्दछौं। हामीले किन यो सबै सहनु पर्छ ? अब धेरै भयो। हामी समान अधिकार चाहन्छौं, युद्ध होइन।”
Facebook Comment