चन्द्रागिरि हिल्सले १८ करोड ४० लाखको आइपीओ जारी गर्ने
काठमाडौं। चन्द्रागिरि हिल्स प्रा.लिले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ। कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ।
चन्द्र ढकाल अध्यक्ष रहेको आइएमइ ग्रुपको लगानी रहेको सो कम्पनीले सर्वसाधरणको हिस्सा बढाउनका लागि आइपीओ जारी गर्न लागेको हो।
कम्पनीको आईपिओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्य ग्लोबल आईएमई क्यापिटलले गर्नेछ। कम्पनीले दिएको आवेदन बोर्डले स्वीकृत गरेपछि सर्वसाधारणका लागि आईपिओ जारी गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment