विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने सिरिज स्थगित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने एकदिवसीय सिरिज स्थगित भएको छ । कोरोना भाइरसको महामारीको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बिहिबार स्कटल्याण्डमा हुने सिरिज स्थगित गरिएको जनाएको छ ।
नेपाल स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज जुलाईमा तय भएको थियो। सिरिजमा नेपाल सहित घरेलु टोली स्कटल्याण्ड र नामिबिया सहभागी ह्ने थिए । सिरिज जुलाई ४ देखि ११ सम्म हुने तालिका रहेको थियो र सिरिजमा ६ खेल खेलाइन्थ्यो।
यस अघि आईसीसीले नामिबिया र पपुवा न्युगिनीमा तय भएको सिरिज स्थगित गरिसकेको छ । नेपालले यस अघि एक सिरिज खेलिसकेको छ । अमेरिका र ओमानसँगको सिरिजमा नेपालले ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ । नेपाल ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
Facebook Comment