लकडाउनका बेला कसको राेहवरमा हुँदैछन् सरकार विरूद्धका प्रदर्शनहरु ?
काठमाडौं । सरकारका गतिविधि र प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विरूद्ध असतुष्ट समूहले बिहीबार दिउसो राजधानी लगायतका देशका प्रमुख शहरहरुमा विरोध प्रर्दशन गरे ।
युवाहरूले देशको विभिन्न सहरमा प्रदर्शनमा उत्रिएपछि भीड तितरवितर पार्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।
काठमाडौं, चितवन, पोखरा, धरानलगायत अन्य सहरहरुमा कुनै पनि दलको झण्डा नबोकी नागरिकस्तरबाट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरिएको थियो । सरकारका गतिविधिविरूद्ध प्रदर्शनमा उत्रिएकामध्ये काठमाडौंमा प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाई देखिन्थे भने पोखरामा दुई जना कांग्रेस निकट विद्यार्थी संघका कार्यकर्ता पक्राउ परे।
कांग्रेसका नेताहरु छिटपुट रुपमा देखिएपनि यो आन्दोलनको नेतृत्व कसले गरेको छ भनेर कसैले पनि जिम्मेवारी लिएका छैनन् । प्रर्दशनमा धेरैजसो विवेकशील साझा पार्टीका उज्जवल थापासहितका नेताहरु सहभागी भएका थिए । उनीहरुको कार्यकर्ताहरु पनि देखिन्थे तर उनीहरुले पनि यसलाई जिम्मेवारी लिएका छैनन ।
कोरोनाभाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउनको ८१ औं दिनमा आइपुग्दा नागरिकस्तरबाट सरकारका कामको विरोध प्रदर्शन भएको हो । शतप्रतिशत पिसीआर प्रविधिबाट कोरोनाको परीक्षण हुनुपर्ने, कोरोना संक्रमण नियन्त्रणका लागि सरकारको १० अर्ब खर्च के के भयो भन्ने जस्ता विषयलाई प्रर्दशनकारीहरुले नारामा रुपमा प्रस्तुत गरेका थिए । प्रर्दशनकारीहरुले अमेरिकी परियोजना एमसीसी खारेजी हुनुपर्ने माग पनि गरेका थिए ।
प्रहरी स्रोतका अनुसार विहिबारको प्रर्दशनका लागि सामाजिक सञ्चालजको व्यापक प्रयोग गरिएको छ । दुई तीन दिन अघिबाटै सामाजिक सन्जालमा केही युवाहरु र युवतीहरुले आन्दोलनका लागि आह्वान गरिरहेका थिए । बुधबार साँझ पनि केही युवाहरुले देशभरका युवाहरुलाई वालुवाटार लगायतका धरान, चितवन, विराटनगरमा प्रर्दशन हुने जानकारी गराएका थिए ।
‘विहीबारको प्रर्दशनबारे विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले यसको सबै हिसाब किताब राखिनेछ भन्ने उल्लेख भएको त्यहाँ धेरै व्यक्तिहरुलाई ट्याग गरेको विषयमा पनि हाम्रो नोटिसमा छ’, नेपाल प्रहरीका एक अधिकारीले भने ।
विहीबार दिउँसो भीडभाड बढ्दै गएपछि प्रहरीले प्रर्दशनकारीमाथि पानीको फोहोरा, लाठी र टियर ग्यास हानेर भीडलाई तितरवितर पारेको थियो ।
प्रहरीले भने बुधबार राती नै विहीबार मानिसहरु सडकमा धेरै आउने अनुमान गरेको थियो । त्यही अनुसार उनीहरुले सबै स्थानमा प्रहरी परिचालन गरेर भीडलाई सानो बनाउने प्रयास पनि गरेको थियो । विहीबार दिउसो प्रहरी प्रधानकार्यालय नक्सालबाट आएको एउटा भीडलाई नागपोखरीनिर रोकेपनि वालुवाटार जानबाट रोक्न सकेन ।
प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीका अनुसार कोरोना संक्रमणको बेला सामाजिक दुरी वा भौतिक दुरी कायम गरेर प्रर्दशन गर्न र थोरै संख्यामा भेला हुन पटक पटक निर्देशन दिदा पनि उल्लंघन गरेकाले पानीको फोहोरा हान्नु परेको हो । ‘लकडाउन कायमै रहेको अवस्थामा प्रर्दशनकारीहरुको संख्या धेरै भएको र भौतिक दुरी पनि कायम नभएको तथा प्रहरीमाथि ढुंगा हानेका कारण भीड नियन्त्रण गर्ने विधि अपनाइएको हो’, प्रवक्ता शाहीले भने ।
गृहको चेतावनी
सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले विहिबार साँझ लकडाउनको बेला नाराजुलुश धर्ना जस्ता कार्यक्रममा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको छ ।
बिगत केही दिनदेखि विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञापन पत्र दिन जानेजस्ता कामप्रति गृहले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दे सो चेतावनी दिएको हो ।
सहसचिव केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित सिडिओले नगद जरिवाना र थुनामा राख्ने जनाइएको छ ।
‘बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेले गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ,’ सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Facebook Comment