वेस्टईन्डिजका क्रिकेटरहरु बायो सिक्योर सिक्योरिटीको साथ क्वारेन्टाइनमा

डिसी नेपाल
३० जेठ २०७७ १७:०५

काठमाडौं । वेस्टईन्डिज क्रिकेट टोली टेस्ट सीरीज खेल्नको लागि ईङल्यान्ड पुगेको छ। तीन खेलको टेस्ट श्रृंखला जुलाई ८ देखि सुरु हुदैछ। अहिले टोलीलाई ओल्ड ट्र्याफर्डमा बायो सेक्युरिटी सुरक्षाको साथ क्वारेन्टाइनमा राखिएको छ। वेस्टईन्डिज र ईङल्यान्डले श्रंखलाको अन्तिम दुई टेस्ट यहि मैदानमा खेल्ने छ।

लन्काशायर काउन्टी क्रिकेट क्लब मैदानमा अहिले कडा सुरक्षा व्यवस्था गरिएको छ। खेलाडीहरूले उनीहरू बसेको कोठामा स्मार्टफोनको प्रयोग गरेर खोल्न पाउने ब्यवस्था मिलाइृएको छ । कोरोनाभाइरस को कारण यहाँ खिलाडीहरुको सुरक्षाको बारेमा धेरै कडा नियमहरु बनाइएको छ।

क्लबका निर्देशक स्टीव डेभिसले भने, “खेलाडी तथा स्टाफहरु आईपुग्नु अघि याहा सबैकुरा सफा गरिदैछ। यो खेलको अन्त्यसम्म रहनेछ। चिकित्सकहरू स्वास्थ्य जाँच, कोभिड १९ परीक्षण र तापमान परीक्षणको लागि राखिएका छन्। हामीले खेलको बखत कुनै खेलाडीलाई कोभिड १९ देखिएमा राख्नका लागि अलग्गै कोठाहरू पनि ब्यवस्था गरेका छौं। स्वास्थ्य प्रोटोकलका अनुसार खेलाडीहरलाई पूर्ण सुरक्षा दिइनेछ।”

उनले भने, “खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै सामाजिक दूरी कायम राख्न प्रत्येक कोठामा केवल एक खेलाडी मात्र बस्न पाउनेछन ।। खाना खाने ठाउमा कुनै भीडभाड हुन नदिन का लागी धेरै स्टालहरु राखिएका छन। प्रत्येक कोठामा डिजिटल साचोहरु छन, जसलाई टच नगरी मोबाइलबाट खोल्न सकिन्छ। याहा मैदान र होटलको बीचमा एक पूल छ, जाहा खेलाडीहरू बाहिर नगई सीधा मैदानमा पुग्न सक्नेछन ।”

वेस्टईन्डिजका कप्तान जेसन होल्डरले भने, |टोली कोविड १९ महामारीको बीचमा पैसाको लागि नभएर बरु अहिलेको परिस्थितिलाई सामान्य बनाउने प्रयासमा ईङल्यान्ड आएको बताए ।”

होल्डरले भने, “धेरै मानिसहरु क्रिकेट फिर्ता भएको चाहन्छन। यो त्यस्तो होइन कि हामी बलिको बोको हुन चाहन्छौं। यो गर्मीमा हामीले ईङल्यान्डको को भ्रमण गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो। जब हामीले यसको सम्भावनाहरूको बारेमा कुरा गर्यौ सबै सहज भयो र अहिले हामी यहाँ छौं।”

उनले भने, “हाम्रो लागि पैसाको होइन। हामी सुरक्षा चाहन्छौं र हामी यो सुनिश्चित गर्न चाहन्छौं कि हाम्रो लागि उचित व्यवस्था गरिएको छ र हामी यसलाई पालन गर्छौं। साथै अन्तर्राष्ट्रिय क्रिकेट यो टेस्ट श्रृंखलाबाट फर्कनेछ भन्ने आशा पनि गरेका छौ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *