विप्लव समूहका जिल्ला कमिटी सदस्य पक्राउ
काठमाडौं । लकडाउनकै समयमा नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को विप्लव समूहका ललितपुर जिल्ला कमिटिको सचिवालय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
विप्लव समूहका श्याम भन्ने सानुराज बज्रचार्यलाई पक्राउ गरिएको हो । उनलाई शुक्रबार साँझ ललितपुर महानगरपालिका वडा नं. ११ तावाहिटीबाट पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले बताए ।
उनका अनुसार सानुराज बसको घर खनतलास गर्दा १ थान कटुवा पेस्तोल र ३ वटा शंकास्पद सकेट बम प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया
Facebook Comment