अभ्यासमा फर्किए पारस

डिसी नेपाल
३१ जेठ २०७७ १८:५७

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाएसंगै नेपाली राष्ट्रिय पूर्व कप्तान पारस खडका अभ्यासमा फर्किएका छन । कोरोनाभाईरसको कारण सरकारले जारी गरेको लकडाउनका कारण खेलगतिबिधिहरु ठप्प हुनुका साथै खेलाडीहरु घरमै बस्न बाध्य भएका छन ।

केही दिनअघि लकडाउन खुकुलो भएसंगै जनजिवन सामान्य हुदै गएको अवस्थामा पारस करिब ८० दिनपछि अभ्यास मा फर्केका छन । शनीबार टियु क्रिकेट मैदानको ईन्डोर अभ्यास हलमा गरेको अभ्यासको भिडीयो सार्वजनिक गर्दै पारसले अभ्यासमा फर्केको जनाएका छन । साथै सामाजिक संजालमा उनले करिब ८० दिनपछि अभ्यासमा फर्कदा राम्रो अनुभव गरेको बताएका छन ।

https://www.facebook.com/official.ParasKhadka/posts/3107893262582168




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *