न्यूजील्याण्डमा रग्बी सुरु, सर्मथक नग्न भएर मैदानमै दौडे

डिसी नेपाल
३२ जेठ २०७७ १३:४५

काठमाडौं । न्यूजील्याण्ड कोरोना मुक्त भएको छ । त्यसकारण न्यूजील्याण्डमा लगभग तीन महिना देखी स्थगित रहेको रग्बी खेल पुन सुरु भएको छ । रग्बी खेलले पुनरागमन गरेपछि याहा फोर्सिथ बर्र स्टेडियममा हजारौको संख्यामा रहेका समर्थकहरुको भिडले यो खेललाई स्वागत गरेका छन ।

अहिले विश्वभर मानिसहरु कोरोनाको कारण मास्क लगाएर हिडने र सामाजिक दुरी पालना गरिरहेको अवस्थामा रहेको छ । तर न्यूजील्याण्डमा अहिलेको समय ठिक विपरित रहेको छ, याहा यस खेलमा दर्शकहरूमा कुनै डर थिएन । करिब २२ हजार दर्शक क्षमता रहेको स्टेडियममा करिब २० हजार दर्शक आएका थिए ।

न्यूजील्याण्ड पहिलो देश बन्यो जहाँ दर्शकहरूलाई पहिले जस्तो बिनाशर्त प्रवेश दिइएको छ। केही अन्य देशहरूमा, खेल फिर्ता आएको छ, तर त्यहाँ स्टेडियममा दर्शकहरूको कुनै प्रवेश छैन, भएपनी त्यहाँ धेरै प्रतिबन्धहरू भने छन् ।

खेल स्थानीय टीम हाइल्याण्डर्स र ह्यामिल्टन बीच खेलाइएको थियो। हाईल्याण्डर्सले खेल २८–२७ ले जित्यो। सुपर रग्बीमा पाँच टीमहरूको सहभागिता रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *