कोरोनाको परीक्षण सम्बन्धमा स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जथाभावि कोरोनाको परीक्षण नगर्न÷नगराउन सबैमा अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो अनुरोध गरिएको जानकारी दिए ।
साथै उनले बाहिरबाट आएका व्यक्तिहरुको कोरोना परीक्षण अनिर्वा भन्ने जस्ता वाध्यात्मक परिस्थिति सिर्जना गरेको भन्ने सुन्नमा आएको भन्दै त्यस प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
उनले भने, ‘अहिले बन्दाबन्दी खुकुलो भएसँगै मान्छेहरुको आवतजावत बढने क्रममा छ ।यसै विषयमा एउटा जिल्ला बाट अर्को जिल्लामा जाने क्रममा विभिन्न निकाय तथा व्यक्तिहरुको कोभिडको परीक्षण गराएर मात्र आउनु पर्ने भन्ने बाध्यात्मक अवस्था सिर्जना गरेको भन्ने सुनिन आएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । कुनै पनि व्यक्ति बाहीर गएर आउँदा यात्रा गर्दा संक्रमित हुने जोखिम रहन्छ नै तर, त्यसो भनिरहँदा यात्रा गरेर वा घरबाहिर गएर आउँदैमा परीक्षण गरेर आइहाल्नु पर्छ भन्ने कुरा स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको निर्देशिकामा व्यवस्था गरिएको छैन। त्यसैले निर्देशिकामा उल्लेख भएको व्यवस्था बाहेक यस किसिमका कोहि कसैको पनि परीक्षण नगर्नु नगराउनु हुन संम्बन्धित स्वास्थ्य कर्मी स्वास्थ्य संस्था प्रयोगशाला र सरोकारवाला निकायहरुमा अनुरोध छ ।’
‘जहिले पायो तहिले जसलाई पायो त्यसलाई परीक्षण गर्दा श्रोत साधनको दुरुपयोग हुने र प्राविधिक पक्षबाट जुन समयमा भाइरस पहिचान हुनसक्छ त्यो समय पारेर मात्र परीक्षण गर्नु पर्ने हुन्छ । यस किसिमले सर्वसाधारणलाई अत्यावश्यक नभई यात्रा नगर्न हुन वा घरबाहिर नजान हुन अनुरोध गरिन्छ । जानै पर्ने भए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अनुसारका व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउन हुन र सावधान हुन अनुरोध छ । यसरी यात्रा गरेर आएका व्यक्तिहरु छुट्टै क्वारेन्टाइनमा वा आइसोलेसनमा एकमात्र प्रभावकारी उपाए हो । त्यसबीचमा आफैलाई पनि कुनै गाह्रो भए नभएको ख्याल गर्ने र स्वास्थ्य कर्मीको सम्पर्कमा रहनुहुन अनुरोध छ, उनले भने।
Facebook Comment