पाँच बिघा जग्गा कोरोनाका लागि छुट्टयाइएको थियो, ७५ प्रतिशत भरियो

डिसी नेपाल
१ असार २०७७ ८:५१

नयाँ दिल्ली। ‘मोहम्मद शमीमले मान्छेहरूको चिहान खने।’ यो वाक्य एकदम क्रुर लाग्छ, तर शमीमको जीवनको यथार्थ यही हो। शमीमको जीवनको यो एक वास्तविकता हो। यस्तो वास्तविकता जुन कोरोना महामारीले झन क्रुर बनाएको छ। मानिसहरू कोरोनाबाट मृत्यु भएका आफन्तहरूको शव छुन समेत डराइ रहेका छन्। शमीम विगत साढे दुई महिनादेखि यी मृत शरीरहरू गाड्न व्यस्त छन्।

शमीम दिल्लीको ‘जादिद कब्रिस्तान अहले इस्लाम’ मा चिहान खन्ने काम गर्दछन्। आइटीओ नजिकै अवस्थित यो यस्ताे चिहान हो जहाँ कोरोना संक्रमणको कारण मर्ने अधिकांश व्यक्तिहरू गाडिन्छन्।

शमीम भन्छन्, ‘सुरुमा हामीले यहाँ कोरोनाबाट मृत्युहरूलाई गाड्न पनि अस्वीकार गर्यौं। हामीलाई संक्रमणको पनि डर छ। तर डाक्टरहरूले हामीलाई सम्झाए र कब्रिस्तान समितिले यदि कोही पनि यिनीहरूलाई गाड्न तयार भएन भने त्यस्ता शवको के हुन्छ? भनेर सम्झायो। कसैले पनि जिम्मेवारी नलिएपछि म तयार भएँ।’

दिल्लीमा कोरोनाबाट मृत्यु भएकाहरूको शव गाड्ने जिम्मेवारी वहन गर्ने मोहम्मद शमीम ती व्यक्ति हुन्, जसले दिल्लीमा कोरोना संक्रमणबाट मृत्यु भएका मानिसको शवलाई गाड्ने जिम्मेवारी लिए। लकडाउनको दुई महिनापछि यो काम सुरु गरेका थिए, अहिलेसम्म उनले ३०० भन्दा धेरै शव गाडी सकेका छन्।

‘जादिद कब्रिस्तान अहले इस्लाम’ करिव ४५ एकडमा फैलिएको छ। यसमध्ये करीव पाँच बिघा जग्गा कोरोना संक्रमणको कारण मृत्यु हुनेहरुलाइ गाड्नका लागि छुट्टाइएको छ। शमीम भन्छन्, ‘अहिलेसम्म यस पाँच बिघा जग्गाको करिव ७५ प्रतिशत भरिइसकेको छ। जसरी मानिसहरुको मृत्यु भइरहेको, त्यसलाई हेर्ने हो भने एक हप्ताभित्र बाँकी जग्गा पनि भरिन्छ। अब कब्रिस्तान समितिले कोरोनाबाट मृत्यु भएका मानिसको शव लाड्न अरु जग्गा पनि दिनुपर्ने हुनसक्छ। यसका लागि फेरि धेरै रूखहरू काटेर जमिन तयार गर्नुपर्नेछ। यो पाँच बिघा जमिन पनि जंगल फडानी गरेर तयार पारिएको थियो।

शमीमले लकडाउनको साथसाथै कोरोनाबाट मर्नेहरूको संख्यामा अचानक वृद्धि भएको बताए। उनका अनुसार, लकडाउनको क्रममा एक दिनमा पाँच–६ शव यो चिहानमा ल्याइन्छ। लकडाउन खुल्ने बित्तिकै, दैनिक १२ देखि १५ शव आउन थालेका छन्। त्यतिमात्रै होइन अत्य कारणले मृत्यु हुनेको शव पनि त्यहीँ ल्याइँदैछ।

पुरानो दिल्लीका मृत्यु भएकालाई प्राय यस कब्रिस्तानमा गाडिएको छ। तर कोरोना महामारीको क्रममा दिल्लीको विभिन्न ठाउँहरूबाट यहाँ शवहरू ल्याइँदैछ। ती मध्ये धेरै मृत्युहरु चार–पाँच दिनपछि यहाँ ल्याइएको छ। कोरोनाको रिर्पोटलाई पर्खिँदा यसरी ढिला हुने गरेको छ।

हिजोआज अस्पतालमा मर्ने सबै कोरोना जाँच भइरहेको छ। कोरोनाको रिपोर्र्ट चार–पाँच दिन पछि मात्रै आइरहेको छ। यस्तो अवस्थामा अस्पताल प्रशासनले मृतकका आफन्तलाई दुई विकल्प दिइरहेका छन्। पहिले रिपोर्ट कुर्ने र त्यसपछि शवलाई ‘कोरोना संदिग्ध’ मानेर लैजाने, उनीहरुको अन्तिम संस्कार पनि अस्पताल प्रशासनको निगरानीमा कोरोना संक्रमणबाट हुने मृत्युलाई मानेर गर्नुपर्छ। यहाँ दोस्रो विकल्पबाट बच्नका लागि मानिसहरु रिपोर्टलाई कुरिरहेका हुन्छन्, र मृत्यु भएको चार पाँच दिनपछि कब्रिस्तान पुगेका छन्।

मोहम्मद शमीम भन्छन्, ‘हिजो त्यहाँ एउटा शव आयो जुन पाँच दिन पुरानो थियो। शव दुर्गन्धित भइसकेको थियो। तैपनि हामीले त्यो शव गाड्यौं। किनभने हाम्रो काम नै यही हो। हामीहरुले यो काम तीन पुस्तादेखि गर्दै आएका छौं। तर दुखको कुरा के हो भने यसमा हामीले सरकारबाट कुनै समर्थन पाइरहेका छैनौं। आज यो कामले हाम्रो जीवनलाई जोखिममा पारेको छ। तर हाम्रो हेरचाह गर्ने कोही छैन।’

मोहम्मद शमीम कोरोनाबाट मरेकाहरूलाई गाड्नको लागि साढे दुई महिनादेखि काम गर्दै आएका छन्। यस समयमा उसले एक दिनको पनि बिदा पाएको छैन। उनी भन्छन्, ‘शनिवार–आइतवार बाहेक बाहेक मैले ईदमा तीनवटा लास गाडेँ। यस समयमा अरू कोही पनि यो काम गर्न इच्छुक छैनन्, त्यसैले मैले यो निरन्तर गर्नुपर्छ। तर, यति धेरै जोखिम लिइसकेपछि पनि हामीसँग न स्वास्थ्य बीमा छ न जीवन बीमा।’

शमीमलाई के कुराको चिन्ता छ भने यदि यो काम गरिरहेको बेलामा आफैलाई संक्रमण भयो भने उनको उपचार खर्च कसले दिन्छ? यदि उनलाई केही भयो भने उनका चार छोरी जो अहिले स्कुलमा छन, उनीहरुको जिम्मेवारी कसले लिने? उनी भन्छन्, ‘मैले मेरो कोरोना टेस्ट पनि २५ दिन पहिला आफैं गराएको थिएँ। त्यसका लागि ४५ सय लाग्यो। त्यो मेरै खल्तीबाट भयो। यहाँ एउटा शव गाडेको मात्रै एक सय रुपैयाँ पाइन्छ। त्यो भन्दा धेरै ग्लोब, स्यानिटाइजर किन्न लाग्छ। मैले यो कुरा समिति समक्ष पनि राखेँ। त्यसपछि २५ मे देखि मलाइ दैनिक एक हजार रुपैयाँ दिन थालिएको छ। तर त्यहीबाट अन्य दुई जनालाई मैले खर्च दिनुपर्छ, जो मसँगै काम गर्छन्।’

शमीमले जुन काम गरिहेका छन्, उनको गन्ती कहिल्यै पनि ‘कोरोना योद्धा’ को काममा हुँदैन। उनी भन्छन्, ‘जताततै, यस्तो समयमा, काम गर्नेहरूलाई फूलहरू बर्षाइँदैछ। तर त्यहाँ कोही छैनन् जसले हामीमाथि फूm बर्साउन, त्यतिमात्रै होइन, हाम्रा आधारभूत आवश्यकताहरू पूरा गर्न समेत कोही तयार छैन। म यस गर्मीमा लगातार काम गर्दै छु एक दिन छुट्टी बिना। यस जंगल भित्र पिउने पानीको सुविधा छैन।’

शमीम उत्तर प्रदेशको एटा गाउँका वासिन्दा हुन्। धेरै वर्ष अघि उनका हजुरबुबा दिल्ली आए र यस कब्रिस्तानमा काम गर्न थाले। त्यसबेलादेखि यो उनको पारिवारिक पेश भएको छ। जुन शमीमले बाल्यावस्थादेखि गर्दै आएका छन्। उनी भन्छन्, ‘अहिलेसम्म हामीहरुले हजारौं शव गाडेका छौं, तर अहिले जुन गतिमा काम गरिहेका छौं यस्तो यसअघि थिएन। यो काम हामीहरुका लागि पहिले कहिल्यै त्यस्तो जोखिमपूर्ण थिएन।’

शमीम भन्छन्, ‘यहाँ आउने धेरै मानिसले मलाइ भन्छन कि म धेरै सद्गुणी काम गर्दैछु। म पनि विश्वास गर्दछु कि यो सद्गुणको काम हो। तर, त्यहाँ त्यस्तो कोही छ जो मलाइ आश्वस्त पार्न सक्छ कि यदि मैले यो सद्गुण गरेर केही गरेँ भने मेरो उपचार वा मेरो परिवारको ख्याल राखिन्छ।’

दैनिक भाष्करबाट साभार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *