बायर्न म्यूनिखको बुन्डेशलिगा उपाधि माथि कब्जा

काठमाडौं । फ्रान्समा जारी बुन्डेशलिगा फुटबल लिग प्रतियोगिता उपाधि माथि बायर्न म्यूनिखले कब्जा गर्न सफल भएको छ । यो संगै बार्यनले बुन्डेशलिगामा लगातार आठौं पटक उपाधि जित्न सफल भएको हो । बुन्डेशलिगाको सुरुवात सन १९६३ बाट सुरु भएको थियो । अहिले सम्म बुन्डेशलिगाको ५८ औ सिजनमा कुल ३० सिजन बायर्नले जित्न सफल भएको हो ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा बार्यनले वार्डेर ब्रेमेनलाई १–० ले पराजित गरेको छ । टिमको लागी एकमात्र गोल रोबर्ट लेवनडास्किले खेलको ४३ औ मिनेटमा गरेका थिए । बार्यनले अघिल्लो खेलमा बोरूसियालाई २–१ ले पराजित गरेको थियो ।
वार्डेर ब्रेमेन संगको जितसंगै अंक तालिकामा ७६ अंकको साथ शिर्ष स्थानमा यथावत रहदै बार्यनले उपाधि माथि कब्जा गर्न सफल भएको हो । पछिल्ला आठ सिजनमा लगातार उपाधि जित्न सफल बार्यनले लिगमा दुई खेल अगाडी नै उपाधि पक्का गर्दा बोरुसिया डर्टमुण्ड दोस्रो स्थानमा रहने संभावना उच्च रहेको छ ।
यता ब्रेमेनलाई यो हारले रेलिगेसनमा पर्ने संभावना कायमै रहेको छ । बार्यनको ३२ खेलमा ७६ अंक छ भने दोस्रो स्थानका डर्टमुण्डको ३१ खेलमा ६६ तथा ब्रेमेनको ३२ खेलमा २८ अंक छ ।
Facebook Comment