ईङलिस प्रिमियर लिग बुधबारबाट सुरुहुँदै

डिसी नेपाल
३ असार २०७७ १०:४५

काठमाडौं । कोरोना महामारीले गर्दा तीन महिना रोकिएको विश्वकै चर्चित फुटबल लिग प्रिमियर लिग बुधबारदेखि पुनः फेरि सुरु हुँदै छ । गत मार्च १० मा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हराएयता प्रिमियर लिग स्थगित भएको थियो ।
खेलको पहिलो दिन बुधबार एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीचको प्रतिस्पर्धाबाट प्रिमियर लिग पुनः सुचारु हुनेछ । ३० वर्षपछि लिभरपुललाई इंग्ल्यान्डको च्याम्पियन बन्नबाट रोक्ने सम्भावना छैन । तर, लिगमा अरू विभिन्न पक्षहरू युरोपमा अर्को सिजन खेल्ने, रेलिगेसनमा पर्ने, बन्द रंगशालमा खल्नलगायत विषय छन् ।

मार्चमा लिग स्थगित हुनुअघि लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अघि थियो । सन् १९९० पछि लिभरपुल पहिलोपटक च्याम्पियन बन्ने संघारमा छ । लिभरपुलाई च्याम्पियन बन्न दुई जितको खाँचो थियो । तर, कोभिड–१९ ले गर्दा लिभरपुलको उपाधि उत्सवलाई ढिला गरिदियो । यस्तो होला भनेर कसैले पनि सोचेका थिएनन् । दुई जितले पनि लिभरपुललाई च्याम्पियन बनाउन सक्छ र दोस्रो स्थानको सिटीले गणितीय रूपमा पनि भेट्ने सम्भावना निकै कम छ ।

यसपटक प्रिमियर लिगमा लिभरपुलले एकपक्षीय अग्रता बनाउँदै अर्को सिजनका लागि यात्रा तय गर्दा च्याम्पियन्स लिगमा प्रिमियर लिगबाट बाँकी तीन कोटाका लागि तीब्र प्रतिस्पर्धा छ । म्यानचेस्टर सिटी, लेस्टर र चेल्सी शीर्ष चारमा छन् । तर, फाइनान्सियल फेयर प्लेको नियम उल्लंघन गरेको आरोपमा सिटीले आगामी दुई वर्ष युरोपपियन क्लब प्रतियोगितामा भाग लिन नपाउने सम्भावना छ ।

खेलाडीहरू झन्डै ९६ दिनपछि ठूला प्रतियोगितामा होमिदै छन् । तर, एक महिनाअघि देखिको नियमित प्रशिक्षण र केही अभ्यास खेलले उनीहरू आफ्नो पुरानो लयमा फर्किसकेको अनुमान गर्न सकिन्छ । टोटेनहमका चोटग्रस्त ह्यारी केन, ह्युङ मिन सन मैदान फर्कन आतुर छन् । म्यानचेस्टर युनाइटेडका जोडी पउल पोग्बा र मार्कुस रासफोर्ड पनि मैदान फर्कन तयार छन् । दुवै खेलाडी चोटका कारण जनवरीयता मैदानबाहिर छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *