विद्युत महशुल १० प्रतिशत घट्यो, ट्रंक र डेडिकेटेड लाइनको व्यवस्था खारेज

डिसी नेपाल
३ असार २०७७ १२:२०

काठमाडौं । विद्युत् नियमन आयोगले विद्युतको महशुल समायोजन गरेको छ । आयोगको सोमबार बसेको संचालक समितिको बैठकले विद्युत महशुल समायोजन सम्बन्धी प्रस्तावको फैसला गरेको हो ।

आयोगका निर्णय अनुसार समग्रमा विद्युतको महशुल १० प्रतिशतले घटेको छ । प्रयोजन र खपतका आधारमा महशुलको दर व्यवस्था गरिएको छ । यसैगरी उद्योगहरुलाई प्रदान गर्दै आएको ट्रंक र डेडिकेटेड लाइनको व्यवस्था समेत खारेज भएको छ ।

आयोगको निर्णय अनुसार घरायसी प्रयोजनमा १० युनिट भन्दा कम खपत गर्ने उपभोक्ताले न्युनतम ३० रुपैयाँ तिर्नु पर्छ । यसैगरी ११ देखि २० युनिटका लागि न्यूनतम मासिक शुल्क ३० रुपैयाँ र त्यसमा इनर्जी शुल्क प्रति किलोवाट आवर ३ रुपैयाँ लाग्ने छ ।

२१ देखि ३० युनिटको न्यूनतम मासिक शुल्क ५० रुपैयाँ र प्रति युनिट साढे ६ रुपैयाँ छ । यसैगरी ३१ देखि ५० युनिटका लागि न्युनतम ५० र अतिरिक्त प्रति युनिट ८ रुपैयाँ, ५१ देखि १०० युनिटका लाग न्यूनतम मासिक ७५ रुपैयाँ र प्रति युनिट साढे नौ रुपैयाँ १०१ देखि १५० मा न्यूनतम १०० रुपैयाँ र प्रति युनिट साढे नौ रुपैयाँ, १५१ देखि २५० सम्म न्यूनतम मासिक शुल्क १२५ र प्रति युनिट १० रुपैयाँ महसुल तोकिएको छ।

यसैगरी २५१ देखि ४०० सम्म न्युनतम मासिक शुल्क १५० रुपैयाँ र प्रति युनिट ११ रुपैयाँ तथा ४०० युनिटमाथि न्युनतम १७५ रुपैयाँ र प्रति युनिट १२ रुपैयाँ लाग्ने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *