अन्तर्राष्ट्रिय वादोकप करातेमा नेपाललाई ९ स्वर्ण

डिसी नेपाल
३ असार २०७७ १८:५२

काठमाडौं। दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदकसहित चौथो स्थान हाँसिल गरेको छ । अन्तर्राष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ तारिखदेखि १० तारिख सम्म आयोजना गरेको भर्चुअल प्रतिस्पर्धामा नेपालले चौथो स्थान हाँसिल गरेको हो। प्रतियोगिता विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारणले भौतिक रुपमा टाढा रहेर पनि प्रबिधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन We are far but united भन्ने मूलनाराका साथ प्रतियोगिता आयोजना गरेको हो ।

उक्त प्रतियोगितामा नेपालले ९ वटा रजत पदक र ११ वटा कास्य पदक पनि हात पारेको थियो । प्रतियोगिता काता र कुमुते गरी दुई बिधामा प्रतिस्पर्धामा संचालन भएको थियो भने सबिना श्रेष्ठले सिनियर, जिया कार्कीले क्यडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक हासिल गरेका छन् ।

यसको साथै अन्य खेलाडीहरुमा मौसम बुढामगरले क्याडेटको कातामा, अंकित गुरुङ्गले सिनियर तर्फ कुमुतेमा र साहिल घलेले क्याडेट तर्फ कुमुतेमा स्वर्ण पदक जितेका छन् । रजत पदक हाँसिल गर्ने खेलाडीहरुमा अनिल उपरकोटीे, प्रजोल गुरुङ्ग, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबाहाक, दिव्या गौतम, शोनि राई रहेका छन् भने कास्य पदक हाँसिल गर्ने खेलाडीहरुमा जोन तामाङ्ग, सुलभ राजबाहाक, सुरज राजबाहाक, रोसन तामाङ्ग, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजन रहेका छन् ।

दशदिने प्रतियोगतिामा नेपालसहित ब्राजिल, क्युबा, इटाली, फ्रान्स, मारोक्को, बास्निया, इस्कोजिया, अल्जेरिया, न्यूजील्यण्ड र प्यलेस्टाइनका गरी जम्मा ३१० जना खेलाडीहरुले सहभाजिगता जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *