भारत चीन सिमा बिबाद, आईपीएललाई तनाब

काठमाडौं । भारत र चीन बिच भईरहेको सिमा बिबाद बढदै गएमा यस्को असर ईन्डियन प्रिम्रियर लिग (आईपीएल) मा पनि प्रत्यक्ष रुपमा पर्ने स्पष्ट देखीएको छ । गलवान उपत्यकामा झडप भएपछि भारतमा चिनियाँ समानहरुको बहिष्कारको आह्वान गरिएको छ । जस्को प्रभाव इन्डियन प्रीमियर लीग (आईपीएल) २०२० र भारतीय क्रिकेट टिममा पर्न सक्ने देखिन्छ ।
किनभने इन्डियन प्रीमियर लीगको शिर्ष प्रायोजक चिनियाँ स्मार्टफोन कम्पनी भिभो हो। यो मात्र नभई प्रतियोगिता बखत कम्पनीले सबैभन्दा बढी विज्ञापन पनि गर्दछ। चिनियाँ कम्पनीले २०१८ मा करिब २३ सय करोड रुपैयाँमा ५ बर्षको लागी आईपीएल संग सम्झौता गरेको छ । यद्यपि यस बर्ष आईपीएलको आयोजना भएको छैन, तर भावनाहरुको बीचमा, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) भिभोको बिरूद्ध गएमा यो कदम बीसीसीआईको लागी दुर्भाग्यपूर्ण हुने जस्को असर भारतीय क्रिकेटमा पर्ने देखिन्छ ।
२०२० को आईपीएल २९ मार्चमा हुने तय भएको थियो। तर अहिलेको समयमा यो अनिश्चित कालका लागि स्थगित गरिएको छ। कोरोनाभाइरस महामारी पछि आईपीएल आयोजना हुने आशंका छ। यद्यपि बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले धेरै पटक बोर्डमा आईपीएल सम्पन्न गर्न उत्सुक रहेको संकेत दिई सकेका छन ।
भारतमा चिनियाँ समानहरुको बहिष्कार अभियानले उग्र रुप लिएमा पक्कै पनि चिनियाँ स्मार्टफोन कम्पनी भिभोले यस्को बारेमा पुर्नबिचार गर्नुपर्ने अवस्था आउन सक्न जुन आईपीएलको लागि टाउको दुखाई पक्कै हुनेछ ।
Facebook Comment