प्रहरी हिरासतमा धनुषाका शम्भु सदाको मृत्यु शंकास्पद भन्दै छानविन काँग्रेसको माग
काठमाडौं। धनुषाको एक इलाका प्रहरीको हिरासमा मृत्यु भएका शम्भु सदाको मृत्यु शंकास्पद भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले न्यायीक छानविन गर्न माग गरेको छ। नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै सदाको मृत्यु शंकास्पद भनेका हुन्।
गएका जेठ २८ गते धनुषाको सवैला नगरपालिका १२ सदाको इलाका प्रहरी कार्यालयको हिरासमा मृत्यु भएको थियो।
काँग्रेसको विज्ञप्तिः
१ जिल्ला धनुषा सवैला नगरपालिका वडा नं। १२ रघुनाथपुर वर्कुवा निवासी दलित जातिका शम्भु सदा (मुसहर) को सबैला स्थित ईलाका प्रहरी कार्यालयकै हिरासतमा जेठ २८ गते शंकास्पद रुपमा मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
घटनाको न्यायिक छानविन गरी सत्य तथ्यका आधारमा दोषीलाई कार्वाही गर्नुका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।
२ भारतबाट रोजगारी गरी फर्किएका जिल्ला धनुषा शहीद नगरपालिका वडा नं। ८ गोठकोइलपुर निवासी वीरेन्द्र यादव लकडाउनको बेला नेपालको सीमाना नगराईन नगरपालिका जटही टोल सीमा प्रवेश गर्दै गर्दा धेरै दिनको भोकका कारण मृत्यु भएको पाइएको छ । लकडाउनको अवस्थामा सीमानामा सरकारले बस्ने, खाने र गुणस्तरीय क्वारेन्टाइनको व्यवस्था नगरेका कारण अनाहकमा नागरिकले मृत्युवरण समेत गर्नु पर्ने जटिल परिस्थिति सिर्जना भएको उक्त घटनाप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ ।
नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँको आत्माको चिर शान्तिको कामनाका साथ परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Facebook Comment