रसुवागढी नाका एकतर्फी शुरु हुने, आयत गर्न पाइने, निर्यात गर्न नपाइने
काठमाडौं। गएको माघदेखि बन्द भएको नेपाल र चीनबीचको रसुवागढी नाका खोल्न चीन सहमत भएको छ। तर, उसले एकतर्फीमात्र नाका खोल्न सहमति दिएको भन्सार विभागले जनाएको छ।
विभागका अनुसार ठूलो संख्यामा नेपाली व्यवसायीका कन्टेनर चीनतर्फ रोकिएका छन्। नेपाली व्यवसायीको पहलमा चीनले एकतर्फी नाका खोल्ने सहमति जनाएको विभागले जनाएको छ।
चीनले नाका खोल्न सहमति जनाएपछि त्यसलाई कार्यान्वयन गर्ने विषयमा रसुवा भन्सार कार्यालयले स्थानीय सरोकारवालासँग छलफल अघि बढाएको छ। चीनतर्फ नेपालका १ हजारभन्दा धेरै कन्टेनर रोकिएका छन्। गएको माघ ५ गतेदेखि सो नाका बन्द छ।
प्रतिक्रिया
Facebook Comment