औषधि खरिदमा अनियमिता नभएको सेनाको प्रष्टोक्ति
काठमाडौं । औषधि खरिद प्रकरणमा सञ्चारमाध्यमलले नेपाली सेनालाई विवाद तानेपछि सेनाले विज्ञप्ति जारी गर्दै अनियमिता नभएको जनाएको छ। नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले एक विज्ञप्ति जारी गर्दै औषधि खरिद गर्दा नेपाली सेनाले अनियमिता नगरेको जनाएको हो।
नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम रहेको अवस्थामा नेपाली सेनाले तिव्रताका साथ सबै aतयारी पूरा गरेको र औषधिजन्य सामाग्रीहरु पनि खरिद गरेको जनाएका छन्। प्रवक्ता पाण्डेले सेनाले खरिद गरेका औषधिहरु अझै पनि खरिपाटी क्वारेन्टाइनमा प्रयोग भइरहेको पनि जनाएको छ।
औषधि मात्रै ३ लाख ८० हजार रुपैयाँको खरिद गरेको जानकारी दिए। प्रवक्ता पाण्डेले डिपोमा १६ लाख रुपैयाँको औषधिजन्य सामाग्रीहरु स्टक रहेको जानकारी दिए। प्रवक्ता पाण्डेकाअनुसार ३ लाख ८० हजारको औषधि खरिद गरिएको थियो। त्यसमा केही औषधिहरु खपत भएपनि अन्य औषधिहरु खरिपाटीमा प्रयोग भइरहेका छन्। त्यस्तै उनले डिपोमा १६ लाखभन्दा बढीको औषधिजन्य सामानहरु स्टक रहेको जानकारी दिए। ७ लाख रुपैयाँ रकम फिर्ता हुनेछ।
त्यस्तै ७३ लाख ९८ हजारबाट २३ लाख घटाएर हुने ५० लाख ९८ हजार रुपैयाँको औषधिजन्य सामाग्री, स्वास्थ्यकर्मीहरुले लगाउने पिपिई, स्यानिटाइजर, ट्रली लगायतका स्वास्थ्य सामाग्रीहरु खरिद गरेको प्रवक्ता पाण्डेले बताए।
प्रतिक्रिया
Facebook Comment