श्रीलंकाका पूर्व खेलमन्त्री द्धारा विश्वकपको फाईनलमा फिक्सिङ भएको आरोप

डिसी नेपाल
४ असार २०७७ २१:३७

काठमाडौं । श्रीलंकाका पूर्व कप्तान अर्जुन रणतुंगा पछि पूर्व खेलकुद मन्त्री महिन्दानन्द अलुथगामाले २०११ विश्वकप फाइनलमा फिक्सिङ भएको दाबी गरेका छन । उनले भने, “म त्यस बखतको खेलकुद मन्त्री हुँ र मलाई अझै पनि विश्वास छ कि खेलमा फिक्सिङ भएको छ।” उनको भनाईपछि तत्कालीन कप्तान कुमार संगकारा र ब्याट्सम्यान महेला जयवर्धनेले पूर्व खेलकुद मन्त्रीलाई यदि फिक्सिङ भएको हो भने फिक्सिङसँग सम्बन्धित प्रमाणहरु देखाउन माग गरेका छन ।

जयवर्धने ट्वीट गर्दै भने, “चुनाव नजिकै आएको जस्तो लाग्यो, त्यसकारण सर्कस सुरु भएको छ। आरोपीहरुको नाम र प्रमाण प्रस्तुत गर्नुहोस्।” सन् २०१० देखि २०१५ सम्म महिन्दानन्द श्रीलंकाका खेलकुद मन्त्री थिए र हाल उनी सरकारको ऊर्जा मन्त्री हुन्। उनले श्रीलंकाको सिरसा टिभीसँगको कुराकानीमा विश्वकप फाइनलमा फिक्सिङ भएको दाबी गरेका छन ।

उनले भने, “त्यस समयमा भएको यो षडयन्त्रको बारेमा म केही भन्न चाहन्थिन। तर अब यस्तो लाग्छ कि यसबारे बोल्ने समय आउको छ। म यसमा खेलाडीहरू समावेश गर्न चाहन्न, तर केहि समूहहरू निश्चित रूपमा त्यो खेल फिक्सिङमा संलग्न थिए।”

तीन वर्ष अघि श्रीलंकाका पूर्व कप्तान तथा कमेन्टेटर अर्जुन रणतुंगाले पनि २०११ विश्वकपको फाइनलमा टिमले ब्योहोरेको पराजयको बारेमा शङका व्यक्त गरेका थिए। उनले भने, “जब हामी पराजित भयौ, म अत्यन्तै दुखी भएँ र मलाई शंका लाग्यो, २०११ को विश्वकपको फाइनलमा श्रीलंका टीम किन पराजित भयो भनेर ? यसको लागी अनुसन्धान गर्न आवश्यक छ। म अहिल्यै सबैकुरा खोल्न सक्दिन, तर एक दिन अवश्य बताउनेछु।” रणतुंगाले २०११ को फाइनल म्याचको दिन वानखेडे स्टेडियममा कमेन्ट्रि गरेका थिए।

अर्का पूर्व खेल मन्त्री हारिन फर्नान्डोले पनि श्रीलंका क्रिकेटको माथिदेखि तलसम्म भ्रष्टाचार रहेको र आईसीसीले श्रीलंकालाई विश्वकै सबैभन्दा भ्रष्ट देश मानेको बताएका छन ।

२०११ मा मुम्बईको वानखेडे स्टेडियममा खेलिएको विश्वकप फाइनलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै भारत विश्व च्याम्पियन बन्यो। यस खेलमा श्रीलकाले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो । श्रीलंकाका लागी महेला जयवर्धनेले १०३, कुमार संगकाराले ३० र कुलसेकराले ४० रन बनाएका थिए ।

लक्ष्यको पछ्याउने क्रममा भारतले गौतम गंभीरको ९७ रन र महेन्द्र सिंह धोनीको उत्कृष्ट ब्याटिङको कारण दोस्रो पटक पिश्वकपको उपाधि जित्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *