लाइपजीगका स्ट्राइकर वर्नर चेल्सीमा अनुबन्धित

काठमाडौं । चेल्सीले आरबी लाइपजिगका स्ट्राइकर टिमो वर्नरसँग सम्झौताको घोषणा गरेको छ। २४ बर्षीय वर्नरले फिटनेस पास गरेपछि जुलाईमा चेल्सीमा सम्मिलित हुनेछन। उनी बुन्डेशलिगाको यो सिजन सम्म लाइपजिगसँगै रहनेछन्।
ट्विटरमा जारी गरिएको चेल्सीको बयान अनुसार, वर्नरले भने, “म चेल्सीसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छु। मेरो लागि यो अत्यन्तै गर्वको क्षण हो कि म एक उत्कृष्ट क्लबसँग सम्बद्ध हुन लागेको छु। म लिपजीगलाई धन्यवाद दिन्छु। लिपजीग सँधै मेरो मुटुमा रहनेछ ।”
To everyone at @ChelseaFC :
I’m incredibly happy to be joining the Blues next season! It feels like the right step for me and I am delighted to become a part of Chelsea FC. Really looking forward to playing for such a fantastic and historic club!
See you soon Chelsea fans! ? pic.twitter.com/WLcagJCHWt— Timo Werner (@TimoWerner) June 18, 2020
खबर अनुसार चेल्सीले वर्नरलाई ५३ मिलियन पाउन्ड भुक्तानी गर्न सहमत भएको छ। उनले खेलेका प्रतियोगिताहरुमा अहिलेसम्म कुल ४३ खेलमा ३२ गोल गर्न सफल भएका छन साथै उनले १३ गोलका लागी असिस्ट पनि गरेका छन ।
Facebook Comment