चिनियाँ र नेपाली कम्युनिस्ट पार्टीको कार्यशालालाई कमल थापाले भने – ‘ननसेन्स’
काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीबीच आज हुन लागेको कार्यशालालाई राप्रपाका अध्यक्ष कमल थापाले ‘वाहियात’ भएको टिप्पणी गरेका छन् । आज दुई देशका कम्युनिष्ट पार्टीबीच हुने कार्यशालालाई पार्टी र देश सञ्चालन अनुभव आदानप्रदानका लागि हुन लागेको भनिएको छ ।
आपत्तिजनक नवऔपनिवेशिक अभ्यास
अब यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफु अनुकुलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरुगर्ने होभने नेपालको हालत के होला?के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो?
Stop this nonsense https://t.co/guVIGiNw07— Kamal Thapa (@KTnepal) June 19, 2020
आज बिहानै ट्वीटरमार्फत यस विषयमा टिप्पणी गर्दै थापाले नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको टिप्पणी गरेका छन् । थापाले लेखेका छन् ‘आपत्तिजनक नवऔपनिवेशिक अभ्यास । अब यसैगरी अन्य राजनीतिक दलहरुले पनि आफु अनुकूलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतिक र आर्थिक सहयोग लिने क्रम शुरु गर्ने हो भने नेपालको हालत के होला ? के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ? स्टप दिस ननसेन्स ।’
Facebook Comment