उपरथी हमाल रथीमा बढुवा, बलाध्यक्ष रथी शर्माको सरुवा
काठमाडौं। सरकारले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई रथीमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उपरथी हमाललाई रथीमा बढुवा गरेको हो। रथी शरद गिरीले अवकाश पाएपछि हमाल रथीमा बढुवा भएका हुन्।
रथी गिरी अनिवार्य अवकाश पाउने भएपनि हाल विदामा छन्। उनको ठाउँमा उपरथी हमाललाई बढुवा गरिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ। यसैगरी बलाध्यक्ष रथी प्रशुराम शर्मालाई बलाधिकृत रथीमा सरुवा गर्ने बैठकले निर्णय गरेको छ।
यसअघि उनी बलाध्यक्ष थिए। हाल बढुवा भएका हमाल संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनको फोर्स कमान्डरको रुपमा नियुक्त भएका थिए ।
उनलाई यूएनका महासचिव एन्टोनियो गुटेरेजले सो नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने हमाल छैटौं जर्नेल भएका छन्। यसअघि वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापासहित पूर्व जर्नेलहरू बालानन्द शर्मा, कृष्णनारायण थापा, भिक्ट्री शम्शेर राणा र पवन जंग थापाले पनि यूएन अन्तर्गत रहेर फोर्सको कमान्डरको जिम्मेवारी सम्हालिसकेका छन् ।
सन् १९८३ मा सेनामा प्रवेश गरेका हमालले सेनाको कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी तथा मध्यपश्चिम पृतनाको नेतृत्व गरिसकेका छन् । मालले फोर्स कमान्डरको नेतृत्व गर्न लागेको यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको सन् १९७४ को मेमा यूएनको सुरक्षा परिषदले इजरायल र प्यालेस्टाइनबीचमा शान्ति सुरक्षा कायम राख्न संकल्प प्रस्ताव पारित गरेको थियो।
हमालले नेतृत्वमा रहने फोर्सले इजरायल र प्यालेस्टाइनबीच हुने द्वन्द्वात्मक क्रियाकलापलाई निरीक्षण गर्नुपर्ने हुन्छ । कोरोनाका कारण उनले सो जिम्मेवारी सम्हाल्न जान पाएका छैनन्।
Facebook Comment