लकडाउन खुलेको ३ हप्तापछि १२ को परीक्षा हुने !
काठमाडौं । कक्षा १२ को परीक्षा लकडाउन सकिएको ३ हप्तापछि हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन सकिएको कम्तिमा पनि ३ हप्तापछि कक्षा १२ को परीक्षा हुनसक्ने जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी लकडाउन सकिएको कम्तिमा पनि ३/४ हप्तापछि कक्षा १२ को परीक्षा गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए। उनले कक्षा ११ परीक्षा भने अनुकुल समयमा हुने बताएका छन्।
डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘कक्षा ११ को विद्यार्थीले परीक्षाका बारेमा धेरै चिन्तित हुनुपर्ने अवस्था छैन्। ११ को परीक्षाका लागि तयारी हुने समय सरकारले दिन्छ। १२ को अध्यापन सुरु गरे हुन्छ।’
‘यसै पनि कक्षा १२ को नतिजा आएपछि मात्र अगाडीको शैक्षिक कार्यक्रम तय हुने भएकाले कक्षा ११ को विद्यार्थीले हाम्रो परीक्षा कहिले हुन्छ भन्ने चिन्ता नलिए हुन्छ।’ उनले भने, ‘कक्षा ११ मा सबै विषयमा अनुतिर्ण भए पनि कक्षा १२ पढन पाइन्छ भन्ने त सबैलाई थाहा नै छ। त्यही परिस्थिति सम्झनुहोस् र कक्षा १२ लाई पढ्न सुरु गर्नुहोस्।’
कक्षा १२ परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने हुँदा परीक्षा रोक्न नमिल्ने उनको भनाई छ। ‘कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने हुँदा रोक्न मिल्दैन।’ उनले भने, ‘विद्यालय पढाई सकिने र उच्च शिक्षाको ढोका खोल्ने माध्याम नै १२ कक्षा हो।’
कोरोना कहर र लकडाउनका कारण यसपालिको परीक्षा संचालनमा भने केही परीवर्तन हुन सक्ने उनले जनाए । उनले भने, ‘सामाजिक दुरी, सुरक्षा सामग्री र कोरोनाबाट बच्ने उपाएहरु अपनाउँदा पहिलेका वर्षहरुमा हुने परीक्षाको जस्तो ‘सिट प्लानिङ’ यो वर्ष हुँदैन। केन्द्रहरु पनि थपिन सक्छन्।’
‘अर्को कुरा त के भने अहिलेको परीक्षा विध्यार्थीले आफु बसेकै ठाउँबाट दिन सक्छन्।’ उनले भने, ‘पहिले विद्यार्थीले परीक्षा केन्द्रसम्म जाँन डेरा गरेर बस्नु पर्थ्यो। यो वर्षको कक्षा १२ को परीक्षामा विद्यर्थीले सकेसम्म डेरा गरेर बस्ने वातावरण तयार हुने छैन्। हामीले विद्यार्थी बस्ने स्थान र पढेको विद्यालयको अध्याय गरी त्यस अनुकुल परीक्षा केन्द्र निर्धारण गर्ने छ।’
यो वर्ष कक्षा ११ र १२ का कूल ९ लाख ६२ हजार विद्यार्थी सहभागी हुने छन् । यसअघि गत चैत २५ गते राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशित गरी २०७७ वैशाख ८ गतेदेखि सञ्चालन हुने कक्षा १२ र वैशाख २१ गतेदेखि सञ्चालन गरिने कक्षा ११ को परीक्षा स्थगित भएको जनाएको थियो। चैत ११ गतेदेखि भएको लकडाउनका कारण हालसम्म हुनसकेको छैन।
कक्षा १० मा लिइने विद्यालय शिक्षा परीक्षा (एसईई) पनि स्थगित भएको थियो। पछिल्लो समय सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर। परीक्षा नलिने निर्णय गरेको छ।
Facebook Comment