लकडाउनका कारण ‘स्वर्ग’मा कैद !
लण्डन। बेलायतबाट घुम्न निस्किएको एक जोडी इण्डोनेशियाको ओरांगउटान सेन्चुरीमा २ महिनासम्म फसे । तर, यो उनीहरुको लागि जीवनभरको सबैभन्दा अनमोल अनुभव रह्यो । कोरोना महामारीका कारण उनीहरुले लामो समय जंगलमा ओरांगउटानसँग बिताउनु पर्यो । यहाँको ओरांगउटान सेन्चुरी दुर्लभ प्रजातिका बाँदर र बनमान्छेको लागि परिचित छ ।
स्टेफार्डशायरका जेफ यिप र उनकी रुसी गर्लफ्रेण्ड जुजाना बेरेकोभा विगत २ वर्षदेखि दक्षिण एसिया घुमिरहेका छन् । यी दुई मार्चमा इण्डोनेसिया पुगेका थिए । अप्रिलदेखि महामारीका कारण उडान रद्द भयो त्यसपछि उनीहरु लकडाउनभरी इण्डोनेशियाको सुमात्रा द्वीपमै बस्नुपर्यो । जेफ पेशाले टेक्निकल अपरेटर हुन् र उनकी गर्लफ्रेण्ड जुजाना एडमिनिस्ट्रेटर ब्रिटेनमा काम जेफका अनुसार उनीहरु धेरै मेहनत गरेर ट्रिपको लागि पैसा बचाउँछन् । एक्स्ट शिफ्टमा काम गर्छन् र विलासितामा धेरै पैसा खर्च नहोस् भन्ने ध्यान दिन्छन् ।
जेफका लागि यात्रा नशा हो । उनी सधैं साहसिक यात्राको खोजीमा रहन्छन् । ट्वीटरमा उनले यात्राको योजना बनाउने र त्यको लागि बजेट जुटाउने टिप्सहरु पनि दिन्छन् । उनले अहिलेसम्म ६ महादेशका ४० देश र विश्वका सातवटै आश्चर्य देखिसकेका छन् । जेफका अनुसार उनीहरुले अहिलेको यात्रा डिसेम्बरमा सुरु गरेका थिए । उनीहरु सिंगापुर, मलेसिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया, भियतनाम र लाओस गए ।
विगत ७ महिना निकै रोमाञ्चक रहेको उनी बताउँछन् । उनीहरुले कोमोडो ड्रयागन्को बीचमा क्रिसमस मनाए र क्वालालम्पुरमा नयाँ वर्ष मनाए । उनीहरुले त्यसपछि दक्षिण अमेरिका जाने योजना बनाएका थिए तर त्यही बेला महामारी फैलियो । जेफ र जुजानाले मार्चमा इण्डोनेशियाको बुकिट लवांग गाउँ घुमेपछि सुमात्रा पुगेका थिए । अप्रिलमा उडान रद्द भएपछि उनीहरु त्यहाँको ओरांगउटान सेन्चुरीमा बनेको गेष्ट हाउसमै बसे ।
यो निकै सुन्दर र जंगल क्षेत्रमा बस्दा उनीहरुको खर्च पनि निकै कम भयो । उनीहरुले एक रातको ५ पाउण्ड र एक छाक खानाको २ पाउण्ड मात्र तिरे । जेफका अनुसार उनीहरुको दिनको सुरुवात बाँदरको आवाजबाट हुन्थ्यो । त्यहाँ त्यतिबेला लकडाउन थिएन त्यसैले उनीहरु बिहान आरामले ट्रेकिङको लागि निस्किन्थे । जेफका अनुसार यहाँ बितेको समय अद्भूत थियो । त्यहाँको स्वर्गजस्तो वाताचवरणमा लामो समय बिताउन पाउनुले उनी आफूलाई भाग्यमानी ठान्छन् ।
Facebook Comment