भारतमा म्याच फिक्सिङले गहिरो जरा गाडेको आईसीसीको विश्वास

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतमा म्याच फिक्सिङले गहिरो जरा गाडेको विश्वास गरेको छ । हाल आईसीसीमा म्याच फिक्सिङका ५० भन्दा बढी मुद्वाहरुको जाँच भईरहेको छ । जस मध्ये सबैभन्दा बढी मुद्वाहरु भारतबाट रहेको आईसीसीले जनाएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसिसिआई) का भ्रष्टाचार एकाई प्रमुख अजित सिंहका अनुसार भारतमा सट्टेबाजीमा हरेक बर्ष ६४ हजार करोड रुपैया बरारको अबैद्य कारोबार हुने गर्दछ । आईसीसीको भ्रष्टाचार विरोधी इकाईसँग सम्बन्धित एक अधिकारीले खेल कानून र नीतिसँग सम्बन्धि वेबिनारमा यसको बारेमा खुलासा गरेका छन ।
आईसीसी एसीयू इकाईका अधिकारी स्टीव रिचर्डसनका अनुसार सन २०१३ को आईपीएलमा स्पट फिक्सिङ भएको खुलासा पछि भारतीय क्रिकेटमा भ्रष्टाचार कम हुने विश्वास गरिएको थियो। तर पछिल्लो रिपोर्टले केही अन्य तथ्यहरू प्रस्तुत गरेको छ ।
रिचर्डसनले भने, “खेलाडीहरू चेनको अन्तिम भाग हुन्। कठिनाई यो हो कि जसले यो सम्पूर्ण व्यवसाय चलाउँछन् उ मैदान बाहिर बस्छ। म बीसीसीआई र भारतीय अनुसन्धान एजेन्सीहरूलाई त्यस्ता ८ नामहरु दिन सक्छु, जसले खेलाडीहरूलाई पैसा दिएर पासोमा पार्ने कोशिश गरिरहेका छन्।”
उनले भने, अझै पनि अनुसन्धानमा उच्च प्रोफाइल भारतीय क्रिकेटरको नाम अहिलेसम्म जाँचमा आएको छैन, तर खेलाडी र सट्टेबाजी बीच सम्बन्ध रहेको छ।”
गत वर्ष कर्नाटक प्रिमियर लिगमा (केपीएल) मा खेलाडीका साथै टिम मालिक हरुलाई फिक्सिङको आरोप लगाइएको थियो । बोर्डका एसीयू इकाई प्रमुख अजीत सिंहका अनुसार प्रहरीले ती व्यक्तिविरूद्ध अभियोग दर्ता गरेको छ।
उनले भने, “यी सम्पूर्ण व्यवसायहरु बेटिङबाट अवैध कमाईमा आधारित छ। छिटो पैसा कमाउनको लागि खेलाडीहरू, समर्थन स्टाफ, अधिकारीहरू र फे्रन्चाईजी मालिकहरू एक अर्काको सम्पर्कमा हुन्छन। हरेक वर्ष सट्टेबाजी बाट ३० देखि ४० हजार करोडको बीचमा कमाई हुन्छ। धेरै राज्य क्रिकेट लीगहरूको अनुसन्धानको क्रममा यो पत्ता लाग्यो कि केही खेलहरूमा यो रकम १९ करोडसम्म थियो।”
आईसीसीका अनुसार भारतमा क्रिकेटमा भ्रष्टाचार रोक्न सकिन्छ, यदि कानून अनुसार फिक्सिङलाई अपराध घोषणा गरियो भने। रिचर्डसनले भने, “श्रीलंका पहिलो देश हो जसले म्याच फिक्सिङ विरूद्ध कानून ल्याएको थियो, त्यसैले श्रीलंकामा क्रिकेट सुरक्षित छ। यद्यपि भारतमा त्यस्तो कुनै कानून छैन, जसका कारण बीसीसीआईले खुल्ला रुपमा काम गर्न सक्दैन।”
Facebook Comment