लागुऔषध अफिमसहित पक्राउ परेका सार्वजनिक

डिसी नेपाल
७ असार २०७७ १८:०७

महोत्तरी । बर्दिवासमा लागुऔषध अफिमसहित पक्राउ परेका तीन जना सार्वजनिक गरिएका छन् । शनिबार अबेर राति बर्दिवास नगरपालिका–१ मा अफिम बिक्री गरिरहेका बेला पक्राउ परेका तीन जनालाई आज आज इलाका प्रहरी कार्यालय बर्दिवासले उनीहरुका साथबाट बरामद दुई किलोग्राम अफिम र एक मोटरसाइकलसहित सञ्चारकर्मीबीच सार्वजनिक गरेको हो ।

शनिबार राति अफिमको मोलमोलाई गरिरहेका बेला इलाका प्रहरी कार्यालय र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ का वीरबहादुर तामाङ र दुर्गाबहादुर तामाङ एवं सिरहाको सिरहा नगरपालिका–५ का धनपत यादव रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिए । उनीहरुका साथबाट ना४०प ६१५७ नंको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोवारीको सुराकी र पिछा गर्दै गरेको प्रहरी टोलीले बर्दिवासमा यिनीहरुलाई फेला पारेको हो । पक्राउ परेका तीनै जनालाई दशीप्रमाणसहित जिल्ला अदालतमा उपस्थित गराइ अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक चापागाईले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *