भंसार छलि ल्याउँदै गरेको भैंसी र पाडी सहित पक्राउ
पर्सा । पर्सा प्रहरीले भंसार छलेर भारतबाट ल्याउँदै गरेको भैंसी र पाडी सहित पक्राउ एक जनालाई पक्राउ गरेको छ। छिपहरमाई गाउँपालिका-३ स्थितभंसार छली नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको करिब ६२ हजार मूल्यको भैसी १ वटा र पाडी १ वटा सहित सोही गाउँपालिका-४ बस्ने ५० वर्षीय रामबेनी यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
यादबलाई आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment