मनिषा कोइरालाको सार्वभौम राज्यको फर्मुलाको अर्थ के हो ?

डिसी नेपाल
८ असार २०७७ ९:३९

काठमाडौं। पछिल्लो समय अभिनेत्री मनिषा कोइराला निकै चर्चामा छिन् । भारतको चलचित्र उद्योग बलिउडमा स्थापित मनिषाले नेपालको सम्प्रभुताको पक्षमा भारतको खुलेरै विरोध गरेपछि उनको उचाइ निकै बढेको छ । नेपालको सम्प्रभुताको पक्षमा मनिषाले दिएका अभिव्यक्तिका कारण नेपालबाट उनले ठूलो प्रशंशा र समर्थन पाएकी छिन् भने भारतीय मिडियाहरु उनको खेदो खन्न लागिपरेका छन् ।

यही बीचमा सोमबार बिहानै मनिषाले निकै गम्भीर विषयमा ट्वीट गरेकी छिन् । ट्वीटमा उनले लेखेकी छिन् – क्षेत्रीय संप्रभुता + राजनीतिक सार्वभौमिकता + आर्थिक सार्वभौमिकता = सार्वभौम राज्य !! यसबारे गम्भीर रुपले मनन गरौं । शुभप्रभात । उनको यो ट्वीटमा धेरै गम्भीर विषयहरु उठाइएका छन् तर त्यको प्रस्ट अर्थ भने बुझ्न निकै कठिन छ । क्षेत्रीय सम्प्रभुताको अर्थ छिमेकी राष्ट्रबाट भइरहेको हस्तक्षेप र सीमा विवादको विषयमा भनिएको बुझ्न सकिन्छ ।

राजनैतिक सार्वभौमिकता भनेर उनले प्रस्तावित नागरिकता विधेयकबारे टिप्पणी गर्न चाहेको हुन सक्ने अनुमान गर्न सकिन्छ तर प्रस्ट भने हुन सकिन्न । यस्तै आर्थिक सार्वभौमिताको अर्थ उनले एउटै देशमाथि निर्भर अर्थतन्त्रलाई सुधार गर्नेतर्फ संकेत गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ । यो विषय पनि प्रस्ट छैन ।

मनिषा अभिनेत्रीका हुनुका साथसाथै राजनैतिक संस्कारमा हुर्किएकी हुन् । उनकै हजुरबुवा बीपी कोइरालाको सिद्धान्त नेपाली कांग्रेसको मूल सिद्धान्त हो । उनका पिता प्रकाश कांग्रेसको उच्च ओहोदामा छैनन् तर काका शशांक कोइराला अहिले पनि कांग्रेसका महामन्त्री हुन् । अहिले प्रस्तावित नागरिकता विधेयकमा कांग्रेसले फरक मत राख्दै आइरहेको छ । यस पृष्ठभूमिमा उनको यो ट्वीट त्यसतर्फ लक्षित हुन सक्ने अनुमान गर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *