पर्यटनमन्त्री योगेश भट्टराई बोल्दाबोल्दै जुम मिटिङमा पोर्न भिडियो चलेपछि…

डिसी नेपाल
८ असार २०७७ १५:३४

काठमाडौं। सोमबार दिउँसो नेपाल पर्यटन बोर्डले आयोजना गरेको एउटा ‘भर्चुअल’ बैठकमा अचानक पोर्न क्लिप बजेपछि हंगामा भएको छ । पर्यटन बोर्डले पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको बैठक चलिरहेका बेला अचानक पोर्न क्लिप बजेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बोल्दाबोल्दै क्लिप बजेको बताइएको छ ।

भिडियो अनाधिकृत रुपमा वेबिनारमा प्रवेश गरेको एक आइडीबाट भएको थियो । त्यो आइडी कुनै ह्वाकरको हुन सक्ने आशंका गरिएको छ । क्लिप बजेपछि वेबिनार तत्कालै बन्द गरिएको थियो । जूम एपमा भिडियो वेबिनार चलिरहेको थियो । पछिल्लो समय जूममा सुरक्षा त्रुटि भएको भन्दै अन्तर्राष्ट्रिय रुपमै यसको प्रयोगमा चेतावनी दिइँदै आइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *