एपीएफ टोलीद्वारा चोरीपैठारीको पाउडर दुध बरामद

डिसी नेपाल
८ असार २०७७ १८:३५

काठमाडौं। धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ बाट सशस्त्र प्रहरी (एपीएफ)को टोलीले करीब ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको पाउडर दुधसहित सोही ठाउँ बस्ने २६ वर्षीय बिजय मण्डललाई पक्राउ गरेको छ।

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस ईटहरुवाबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई उल्लेखित पाउडर दुधसहित पक्राउ गरेको हो । पक्राउ परेका निज मण्डललाई बरामद पाउडर दुधसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यस्तै रौतहट जिल्लाको गौर नगरपालिका ४ लालबकैयास्थित बाँधबाट असार ७ गते एपीएफ टोलीले करीब एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले असार ७ गते करीब एक लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाईल सेट र सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।

अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका १ सिमलपानीबाट बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *