पाल्पामा पहिरामा पुरिएर मृत्यु हुने तीन

डिसी नेपाल
८ असार २०७७ २३:०३

पाल्पा । तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ । एक जना घाइतेको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पा तथा दुईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । मृतकको पहिचान हुन सकेको छैन । घटनाका प्रत्यक्षदर्शी दीपक बोहोराका अनुसार माथिबाट खसेको पहिराले गाडी बगाएको थियो । ट्रक, पानी ट्याङ्कर, एक बोलेरो र एउटा कार पहिराबाट पुरिएको उनले बताए।

सडकमा कार र बोलेरो जीप जोखिमावस्थामा छन् । सडक चौडा बनाउने क्रममा पहिरो गएको हो । पहिराका कारण तानसेन–हार्थोक हुँदै गुल्मी र पाल्पाका ग्रामीण बस्ती तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । मंगलबार पनि खाेजी कार्य जारी रहने पाल्पा प्रहरीले जनाएकाे छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *