बलिउडमा महाभिडन्त : ‘मणिकर्ण‍िका’ भर्सेज ‘सुपर ३०’

डिसी नेपाल
२० असोज २०७५ ९:४७

काठमाण्डौ । बलिउडमा २०१९ को सुरुवात ठूलो भिडन्तबाट हुने भएको छ । पूर्व प्रेम जोडी कंगना रनौत र ऋतिक रोशन बक्सअफिसमा पहिलो पटक आमने-सामने हुन लागेका छन् । एकअर्काप्रति सधैं तिखो प्रहार गर्दै आइरहेका यि दुई स्टार २५ जनवरीमा एकअर्कासँग भिड्दैछन् ।

कंगनाको फिल्म ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ र ऋतिकको फिल्म ‘सुपर ३०’ एकसाथ रिलिज हुँदैछन् । ‘मणिकर्णिका’ रानी लक्ष्मीबाईको जीवनमा आधारित हो भने ‘सुपर ३०’ आनन्द कुमारको कोचिङ सेन्टरमा आधारित छ ।

‘मणिकर्ण‍िका’ को निर्देशन नेशनल अवार्ड विनर डाइरेक्टर कृष जगारला मुन्डीले गरेका हुन् । भारतीय मिडियाका अनुसार, ४५ दिनको सेड्युलमा फिल्मको केही भागको निर्देशन अभिनेत्री कंगान स्वंमले गरेकी हुन् । यस्तै, ऋतिकको फिल्म ‘सुपर ३०’ का निर्देशक विकास बहल हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *