लकडाउनले थाइल्याण्डमा रहेकी पूर्वयूवराज्ञी हिमानी स्वदेश फिर्ता

डिसी नेपाल
९ असार २०७७ १८:०७

काठमाडौं । लकडाउनका कारण थाइल्याण्डमा रोकिएकी पूर्व यूवराज्ञी हिमानी शाह मंगलबार स्वदेश फर्किएकी छन्। थाइल्याण्ड अध्ययन गर्न गएका छोराछोरीलाई भेटन गएकी शाह लकडाउनका कारण ३ महिनादेखि उतै बसेकी थिइन्।

नेपाल एयरलाइन्सको विमानले थाइल्याण्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो । सोही विमानमा हिमानीका आमा छोरा फर्किएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

छोरा हृदयन्द्र, छोरीहरु पूर्णिमा र कृतिकासँग हिमानी थाइल्याण्डमा रहदै आएकी थिइन्। छोरीहरु भने उतै भएको बुझिएको छ।

नेपाल आएका हिमानी शाह र छोरा हृदयन्द्रलाई नेपाली सेनाको टोलिले होटल क्वारेन्टाइनमा राख्ने भएको छ।

केही दिन अघि थाइल्याण्डमा रहदा हिमानी शाहले छोरहिरुसँग बनाएको टिकटक भाइरल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *