दैलेखः रेड जोनमा राखियो, तर विरामीहरु बेञ्चमा सुत्न बाध्य
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती कुमारी विशुन्केले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैलेखलाई वेवास्ता गरेको बताएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद विशुन्केले दैलेख कोरोनाको ‘इपिसेन्टर’ बन्छ भनेर स्वास्थ्य मन्त्रीलाई जानकारी गराउँदा पनि वेवास्ता गरिएको बताएकी हुन्।
लकडाउन पूर्व नै स्वास्थ्य मन्त्रीलाई भेटेर दैलेखको सन्देश सुनाएको उनले स्मरण गरिन । उनले भनिन्, ‘मैले लकडाउन हुनु पूर्व नै चैत्र १० गतेका दिन स्वास्थ्य मन्त्रालयमा मन्त्रीलाई भेटेर दैलेखको सन्देश सुनाएको थिए।’ ‘दैलेखका दाजुभाई गाउँमा खोज्दा भेटिदैनन्, टर्च लगाएर खोज्नु पर्ने बाध्यता छ।’
उनले भनिन्, ‘वेरोजगारी समस्याकै कारण ठुलो मात्रामा सस्तो मुल्यमा श्रम वेच्नलाई भारतका गल्ली गल्लीमा जान बाध्यता छ, जस्ले गर्दा भोक मेटाउन गएका दाजभाईले रोग ल्याएर आउने सम्भावना छ।’
कोरोना संक्रमणको हटस्पट दैलेख हुनसक्ने संकेत पहिले नै मन्त्रालयलाई दिइसकेको उनको भनाई थियो। उनले थपिन, ‘संक्रमणले पहिला दैलेखलाई केन्द्रविन्दु बनाउने सम्भावना छ, त्यसैले दैलेखको लागि मन्त्रालयले पूर्वतयारी गरी विशेष प्राथमिकताका साथ हेरीयोस भने, मैले जे भने त्यही भयो, आज दैलेख ७७ जिल्ला मध्ये कोरोना संक्रमितको पहिलो जिल्ला भएको अवस्था छ।’
सरकारद्वारा पूर्व तयारी नभएका कारण दैलेखका कोरोना संक्रमितहरुलाई विद्यालय, क्याम्पस र गोठमा समेत राख्नु पर्ने बाध्यता भएको उनको गुनासो थियो।
उनले भनिन्, ‘संक्रमितको दर बढ्दै गएपछि दैलेखमा अहिले संक्रमितलाई स्कुल, क्याम्पस र गाई भैसीका गोठमा राख्नु पर्ने बाध्यता छ, यस्तो नरकीय जीवन जिउन बाध्यता छ कोरोना संक्रमितको छ।’
दैलेखलाई विशेष प्याकेजमा राखेर काम गर्न सरकार समक्ष उनको आग्रह थियो। उनले भनिन्, ‘मन्त्रालयले दैलेख जिल्लालाई विशेष प्राथमिकताकासाथ यो कोरोना संक्रमणलाई न्यूनिकरण गर्नका लागि विशेष प्याकेजका कार्यक्रमहरु तदारुकताका साथ संचालन गरोस भनि मन्त्रालयलाई आग्रह गर्दछु।’
Facebook Comment