मंगोलियामा भएको संसदीय निर्वाचनमा न्यून सहभागिता

डिसी नेपाल
१० असार २०७७ १६:५०

उलानबटोर । मंगोलियामा बुधबार भएको संसदीय निर्वाचनमा अति न्यून सहभागिता भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार निर्वाचनमा मध्याह्नसम्ममा २५।१३ प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । मतदान स्थानीय समय अनुसार बिहान ७ बजे शुरु भएको थियो ।

मतदानका लागि देशभरी दुई हजार ७० मतदान केन्द्रहरु स्थापना गरिएका छन् । निर्वाचनमा कम्तीमा १३ राजनीतिक पार्टी, चार ओटा गठबन्धन र १३७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदान गर्नका लागि देशभरी झण्डै २१ लाख जनाको नाम मतदाता नामावलीमा रहेको छ । मंगोलियाको एक सदनात्मक स्टेट ग्रेट खुरालमा निर्वाचनबाट ७६ जना सांसद चार वर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *