महानगरीय प्रहरी परिसर ललितपुरका इन्स्पेक्टर लागूऔषध कारोबार अभियोगमा पक्राउ

डिसी नेपाल
११ असार २०७७ १४:३०

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरका इन्स्पेक्टर रुद्रबहादुर शाही पक्राउ परेका छन् । लागूऔषध कारोबारको अभियोगमा उनी पक्राउ परेका हुन् । उनी लागुऔषध कोरोक्सको कारोबारमा संलग्न रहेको पाइएको हो ।

लागुऔषध नियन्त्रण ब्युरोले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । ब्युरोले बुधबार बरामद गरेको ६ सय ५० बोतल कोरेक्स प्रहरी निरीक्षक शाहीले नै ओसारपसार गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

पेप्सिकोलास्थित एक घरबाट सो लागुऔषध बरामद गरी एक युवकलाई सोधपुछ गर्ने क्रममा इन्स्पेक्टर शाहीले नै सो लागुऔषध आफ्नो कारमा ल्याएर त्यहाँ छाडेको खुलेको थियो । इन्स्पेक्टर शाही नियमित त्यहाँ जाने र आफू पनि लागुऔषध सेवन गर्ने खुलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *