एक जना कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु

डिसी नेपाल
११ असार २०७७ १५:०९

काठमाडौं। ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । उनलाई परीक्षणका क्रममा कोरोना स.क्रमण देखिएपछि यहाँ उपचार भइरहेको थियो । ज्यान गुमाउने ४९ वर्षका पुरुष भएको बताइएको छ ।

अस्पताल स्रोतका अनुसार उनी मृगौला रोगी थिए । उनले ५ महिनाअघि मात्र मृगौला प्रत्यारोपण गराएका थिए । स्थायी घर चितवन भएका उनी काठमाडौंमा बस्दै आएका थिए । यी संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाभाइरका कारण २६ जनाले ज्यान गुमाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *