त्रिशूलीमा डुवेर १ जनाको मृत्यु

डिसी नेपाल
१२ असार २०७७ ९:५२

नुवाकोट। नुवाकोटमा त्रिशुली नदीमा डुबेर एकजनाको ज्यान गएको छ । नुवाकोट बेलकोटगढी नगरपालिका-७ छबिसकाल्लेस्थित इट्टाभट्टामा कार्यरत सवारी चालक ५० बर्षिय होमनाथ संजेलको मृत्यु भएको हो ।

खोटाङ संजेल घर भएका राइलाई नुहाउने क्रममा नदिने बगाएको एक स्थानीयले बताए । उनले भने ‘नुहाउन गएका रहेछ्न । बर्खाको नदिको भर हुदैन । एकदम उर्लिएर आएको हुन्छ । ३० मिटर जति बगाएको उहालाई स्थानीय र प्रहरी मिलेर उद्दार गरेका हौ ।’

उद्दार गरिए लगत्तै उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा राइको बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । अन्य समयमा त्रिशुली नदीले बगाएर सर्वसाधारणको मृत्यु भइरहने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *