दिवंगत पिताको जन्मदिनमा दुई छोरीको अद्भूत श्रद्धाञ्जली

डिसी नेपाल
१३ असार २०७७ ८:३५

काठमाडौं। अहिलेको समयमा मानिसहरु आफ्ना परिवारका सदस्यकै लागि मृगौला दान गर्न संकोच मान्छन् । तर, अमेरिकाका २ दिदीबहिनीले दुई अन्जान बिरामीहरुलाई मृगौला दान गरेर आफ्ना पितालाई श्रद्धाञ्जली दिएका छन् । पितासँग उनीहरुको कति प्रेम थियो भन्ने पितासँग उनीहरुको बाल्यकालको फोटोहरु देखेर अनुमान लगाउन सकिन्छ ।

याहू न्यूजको रिपोर्टअनुसार अमेरिकाको इलिनोड्स निवासी मार्क गोराल्स्की मृगौला सम्बन्धी रोगसँग जुधिरहेका थिए । २०१८ मा उनको निधन भयो । डाक्टरहरुले यदि समयमै उनको मृगौला फेर्न सकिएको भए उनी बच्न सक्ने बताएका थिए । उनकी छोरी बेथानी गोराल्स्की उनलाई मृगौला दिनको लागि तयार थिइन् । तर, डाक्टरहरुले त्यतिबेला उनका पिता प्रत्यारोपणका लागि स्वस्थ नभएको बताएका थिए ।

पिताको मृत्युपछि दुई दिदीबहिनी बेथानी र हन्नाहले पितालाई श्रद्धाञ्जलीस्वरुप आफ्नो मृगौला दान गर्ने निर्णय गरे । पिताको जन्मदिनमा मृगौला दान गरेपछि हन्नाहले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ‘यदि आज तपाइँ हुनुभएको भए ५९ वर्षको हुनुहुन्थ्यो । जन्मदिनको बधाइ बाबा ।’

हन्नाह भन्छिन् ‘जब कोही आफ्नो यो संसारबाट जान्छ भने मनमा हरेक समय यही कुरा आउँछ कि हामी उनको लागि के गरौं जसले उनलाई खुसी मिलोस् । मैले आफ्ना पिताको लागि मृगौला दान गरें । मेरा पिता सधैं अरुको सहयोगको लागि तयार रहनुहुन्थ्यो । मलाई लाग्छ उहाँलाई सम्मान दिने योभन्दा राम्रो तरिका हुन सक्दैनथ्यो ।’

बेथानी र हन्नाहलाई यो कुराको खुसी छ कि उनीहरुको यो प्रयासले कसैले नयाँ जीवन पाएको छ । उनीहरु भन्छन् ‘हामी हरेक दिन ती अन्जान व्यक्तिको लागि प्रार्थना गर्छौं जलाई हाम्रो मृगौला प्रत्यारोपण गरिएको छ । यदि आज बाबा भएको भए अरुको सहयोगको लागि उहाँ पनि यही गर्नुहुन्थ्यो । उहाँ जहाँ पनि हुनुहुन्छ शायद हाम्रो कामबाट खुसी हुनुहुन्छ ।’

हन्नाहका अनुसार अंगदानको लागि युवाहरु आदर्श हुन् किनकि यो उमेरमा सर्जरीपछि रिकभरी छिटो हुन्छ । ‘यदि तपाइँको नजिक कोही शारीरिक रुपले कष्टमा छ भने उसको कष्ट हटाउनको लागि तपाइँले सहयोग गर्नैपर्छ । मैले पनि यही गरें’ उनले भनिन् ।

यी दुवै दिदीबहिनी युवाहरुलाई अंगदानको लागि प्रेरित गर्छन् । उनीहरु इन्स्टाग्राममा अंगदानलाई बढावा दिने पोस्ट शेयर गरेर जागरुकता अभियान चलाइरहेका छन् । मृगौला दानपछि दुवै दिदीबहिनी स्वस्थ छन् । उनहिरुले सर्जरीको १० दिनपछि नै रिकभर भएको बताउँछन् । उनीहरु आफ्ना पिताले झेलेको कष्ट अरुले झेल्नु नपरोस् भन्ने चाहेको बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *