नेकपाको बैठकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिनेबारे बहस

डिसी नेपाल
१३ असार २०७७ १७:३८

काठमाडौं। गएको बुधबारदेखि जारी सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठकमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिनेबारे बहस भएको छ।

शनिबारको बैठकमा बोल्ने सदस्यहरुले भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिनेबारे विचार राखेको नेकपाका एक नेताले जानकारी दिए। उनका अनुसार शनिबारको बैठकमा २१ जना स्थायी कमिटि सदस्यहरुले सीमा सम्बन्धमा धारणा राखेका छन्।

शनिबारको बैठकमा देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, वामदेव गौतम, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टई, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कर्णेलले आफ्नो विचार राखेका छन्।

शुक्रबारको बैठकमासमेत सीमा अतिक्रमणकै मुद्दामा १८ नेताले आफ्नो धारणा राखेका थिए। नेकपाको बैठकमा भारतसँगको सीमामा तारबार लगाउनेपर्ने विषय उठेको छ।

यद्यपी बैठकले यो विषयमा निर्ण भने गरिसकेको छैन। स्थायी कमिटिको अर्को बैठक यही असाढ १६ गते बस्ने छ। शुक्रबारको बैठकमा अनुपस्थित रहेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली शनिबार भने केही समय बैठकमा बसेको जनाइएको छ। शनिबार स्वास्थ्यको कारण देखाउँदै उनी केही समयपछि बैठकबाट बाहिरिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *