लकडाउनले मारमा परेको भन्दै ट्याक्सी व्यवसायी आन्दोलित

डिसी नेपाल
१६ असार २०७७ १४:०५

काठमाडौं। कोरोनाभाइरसको उच्च जोखिमबाट बच्नको लागि गरिएको लकडाउन लामो समय चलिरहऊदा आफूहरू मारमा परेको भन्दै काठमाडौंका ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका छ्न । लामो समयसम्म निरन्तर चलिरहेको लकडाउनको कारण रोगले भन्दा भोकले मरिने खतरा बढेको भन्दै ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका हुन।

ट्याक्सी संचालन गर्न माग गरिए पनि कुनै सम्बोधन नआएकाले कोरोनाको महामारीमा आन्दोलन गर्न बाध्य भएको ट्याक्सी व्यवसायी बताउँछ्न। निजी गाडी चलाउँदा कोरोना नलाग्ने तर ट्याक्सी संचालन गर्दा चाहिँ किन कोरोना लाग्ने भन्दै ट्याक्सी व्यवसायी भन्छ्न ‘हाम्रो त रोजीरोटी नै खोसियो । महिनौ बन्द हुँदा असह्य हुन्छ । हामीलाई कर तिर्ने भन्दा बिहान बेलुका कसरी छाक टार्ने भन्ने चिन्ताले बढी सताउन थाल्यो।’ उनीहरु भन्छ्न् ‘सरकारले सामान्य लिएको छ तर हामी भोकमरीमा पुगिसक्यौं अब मानसिक रोगी पनि छिट्टै हुनेछौ।’

अन्य व्यवसाय जस्तै व्यवस्थापन मिलाएर ट्याक्सी संचालन गर्न दिनुपर्ने माग ट्याक्सी व्यवसायीको छ । उनीहरु भन्छ्न ‘कि त हाम्रो खानेदेखि कर तिर्नेसम्मको व्यवस्था सरकारले नै गर्नुपर्‍यो होइन भने ट्याक्सी संचालन गर्न दिनुपर्दछ। सधै लकडाउन गरेपछि जनता कति समस्यामा छ एकपटक सरकारले गहिरो ढङ्गले सोच्नुपर्दछ।’

ट्याक्सी संचालनको लागि स्यानिटाइजर र मास्क सहित उपत्यका भित्रमा त्रै संचालन गरिने भनेर ज्ञापनपत्र बुझाउदा पनि सरकार मौन रहेको उनीहरुको गुनासो छ । उनीहरुले भने ‘यस्तो महामारीमा हामीलाई रहरले त ट्याक्सी चलाउन मन लागेको होइन नि बाध्यता हो भोकले मरिने अवस्था आइसक्यो । पछाडिको सिटमा दुई जना मात्रै राखेर उपत्यका भित्र मात्र चलाउँछौं भन्दा पनि सरकार मौन रह्यो।’

यस बिषयमा अखिल नेपाल यातायात मजदुर संघ बाग्मती प्रदेशका अध्यक्ष दिपक केसी भन्छ्न ‘सरकारलाई १५ गते सम्म आफ्नो माग सम्बोधन गर्न समय दिइएको तर सरकारले व्यवस्था नगरेपछी ट्याक्सीको चाबी यातायात व्यवस्था बिभाग मार्फत सरकारलाई बुझाइएको छ।’ उनले भने ‘ट्याक्सी संचालन गर्न नपाउदा छाक टार्न नै गाह्रो छ यता बैंकको किस्ता तिर्न नसक्दा बैंकले ट्याक्सी नै लिलाम गर्ने अवस्था आइसक्यो । त्यसैले यस्ता प्रक्रिया अपनाउन परेको हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *