एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ
पर्सा। पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट सोमबार एपीएफ टोलीले ९१ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको पोखरीया नगरपालिका २ बस्ने २८ वर्षिय मनोजप्रसाद यादव छन् ।
ना १५ प ५८३८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
प्रतिक्रिया
Facebook Comment