सकियो प्रधानमन्त्रीको परामर्श, सकरात्मक छलफल भएको दावी

डिसी नेपाल
१७ असार २०७७ ११:११

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवाद र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका छन्। बुधबार विहान आठ बजे आफू निकट स्थायी कमिटी सदस्य र केही मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटार बोलाएका थिए।

बैठकमा उपस्थित मन्त्री तथा स्थायीक कमिटी सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री ओलीसँगको बैठकपछि सामाजिक सञ्जालमा लेख्दै कुरा सकारात्मक रुपमा अगाडि बढेको बताएका छन्। उनले लेखेका छन्, ‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताउनु भयो जुन सकारत्मक छ । सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ। चिज साकारत्मक दिशामा जाने आशा गरौं। प्रोक्सी वार बन्द गरौं। ’

भट्टराइले प्रधानमन्त्री ओलीले यो पहिलो चरणको परामर्श भएको र अन्य नेताहरुसँग पनि परामर्श गयिरने बताएको उल्लेख गरेका छन्।
बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बैठकमा २१ जना सहभागी भएको डिसी नेपाललाई जानकारी दिए।

परामर्शमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका मन्त्री तथा स्थायी कमिटी सदस्यहरुलाई भने बोलाइएको थिएन्। नेकपाको जारी स्थायीक कमिटी अब केही समयपछि बालुवाटारमै बस्दै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *