ललितपुरको थुनुवा कक्षमा रहेका बलात्कारआरोपी झुण्डीएर आत्महत्या

डिसी नेपाल
१७ असार २०७७ ११:३८

काठमाडौं। ललितपुर प्रहरी परिसरको हिरासतमा रहेका एक थुनुवाले आत्महत्या गरेका छन्। बलात्कार अभियोगमा पक्राउ परेका २४ वर्षीय दुर्गैश यादवले आत्महत्या गरेका हुन्।

बुधबार विहान महानगरीय प्रहरी परिसरमा ललितपुरमा ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेको बेला उनले आत्महत्या गरेका थिए। कार्यक्रममको प्रमुख अतिथि प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायत उपस्थित थिए।

प्रहरी महानिरीक्षक सहभागी कार्यक्रममा ३ जना एआइजी, डिआइजी सबै उच्च प्रहरी अधिकारी पनि उपस्थित भएका थिए। ४ तल्ले भवनको उद्घाटन गरेर प्रहरी महानिरीक्षक ज्ञवालीले मन्तव्य राखिरहदाँ भित्र जावलाखेलको हिरासत कक्षमा एक जनाले आत्महत्या गरेको खबर आएको थियो।

असार १४ गते ग्वार्कोबाट पक्राउ परेका २४ वर्षीय यादवले आत्महत्या गरेको र उनको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ।

शारीरिक अपाङ्गता भएकी एक महिलालाई मकैबारीमा बलात्कार गरेपछि उनी पक्राउ परेका हुन्। उनले हिरासत कक्षमा रहेको तन्दा च्यातेर झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *