कांग्रेस सांसदको निधनमा नेकपा स्थायी कमिटी बैठक स्थगित

डिसी नेपाल
१७ असार २०७७ १४:०२

काठमाडौं। नेकपा स्थायी कमिटीको बैठकमा पाँच जना सदस्यले आफ्नो धारणा राखेपछि आजको लागि स्थगित भएको छ। नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार हृदयघातका कारण निधन भएपनि नेकपा स्थायी कमिटी बैठक प्रभावित बनेको हो।

बहालवाल सांसदको मृत्यु भएमा उक्त सम्पूर्ण औपचारिक कार्यक्रम स्थागित गर्ने परम्परा अनुसार नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको हो।

‘बैठक सुरु हुनु अगाडि मात्रै नेपाली कांग्रेसकी सांसदको निधन भएको खबर आयो। वहालवाला सांसदको निधन भएका दिन सम्पूर्ण औपचारिक कार्यक्रम नगर्ने परम्परा अनुसार आजका लागि बैठक स्थगित भएको हो,’ पूर्व सभामुखसमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘उहाँ (स्वर्गीय छन्त्याल) लाई श्रद्धान्जलि दिन जानुपर्ने भएकाले भोलि विहान ११ बजेसम्मका लागि बैठक स्थति भएको हो।’

आजको बैठकमा पाँच जना सदस्यले आफ्नो धारणा राखेका थिए। योगेश भट्टराई, मातृका यादव, लिलामिण पोखरेल पेशल खतिवडा र एनके प्रसाईँले आफ्नो धारणा राखेका थिए। भट्टराई भने दुवै अध्यक्ष मिलेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै मिलेर अगाडि बढ्न र पार्टीलाई दुर्घटनाबाट जोगाउन आग्रह गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *